नेपालगन्जलाई पर्यटकिय नगरको रुपमा विकास गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज । पुस १० ।
नेपालगन्ज उपमहानगरलाई पर्यटकिय नगरको रुपमा विकास गर्ने लगायतका १० बुदें प्रतिबद्धताको घोषणा गर्दे नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा नेपालगन्ज उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो । सुनुवाईमा गरिएका अन्य प्रतिबद्धताहरुमा नेपालगन्जको त्रिभुवन चौक लगायत ठाँउहरुमा घरको शौचालयको पाईप नालामा जोडिएको भन्ने बिषयमा गुनासो आएकाले सो समस्या समाधानका लागि पहल गर्ने, शैक्षिक संस्थाको नजिक भईरहेको सुर्तीजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउन आवश्यक पहल गर्ने र सुर्तीजन्य पदार्थ बिरुद्ध जनचेतना अभिबृद्धी गर्ने, नेपालगन्ज वडा नम्बर ९को धर्पटवा तालको बाटो यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने, नेपालगन्ज २ को कालिमन्दिरबाट जय बागेश्वरी स्कुल जाने सडक कालोपत्रे गर्ने र शौचालय निर्माणको पहल गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगर र सरसफाई युक्त नगरको रुपमा विकशित गर्ने तथा सडक छेउमा रहेका ग्यारेजहरु ब्यवस्थापन गर्ने, शितलहरबाट आम नागरिकहरुलाई जोगाउन २३ वटै वडामा एक एक ट्रक दाउरा उपलब्ध गराउने साथै जेष्ठ नागरिकहरुलाई न्यानो टोपी बितरण गर्ने, बैदेशिक रोजगारबाट फर्केका युवाहरुको उद्यमशिलताकालागि विना धितो ऋण उपलब्ध गराउने तथा बैदेशिक रोजगारमा जाने युवाहरुकालागि आवश्यक परामर्श सेवा दिने र लक्षित बर्ग उत्थान कार्यक्रम प्रभावकारि रुपले सञ्चालन गर्ने साझाँ प्रतिबद्धता गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको पूभावकारिता तथा गणस्तरीय विकास निर्माणका बिषयमा झण्डै अढाई घण्टा सुनुवाईमा सहभागि नगरबासिहरु र नगर प्रमुख तथा सुनुवाईमा प्रमुख जवाफदेहि बत्ताको रुपमा आसिन डा. धवल शम्सेर राणा , उपप्रमुख उमा थापा मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापा, वडा अध्यक्षहरु र नगर कार्यपालिकाहरु बिच प्रश्नोत्तर भएको थियो । बासका उप निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको बारेमा नगर प्रमुख डा. धवल शम्सेर राणाले जानकारी गराएका थिए । सुनुवाई पूर्ब बासले गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रका बारेमा बासका निर्वतमान अध्यक्ष मन भण्डारीले जानकारी गराएका थिए । बासका अध्यक्ष रमेश सिटौलाले स्वागत तथा उद्धेश्यमाथि प्रकास पारेको कार्यक्रममा २५० बढीको सहभागिता रहेको थियो ।

  • १० पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech