ब्राईटल्याण्ड र गैसस महासंघ बिच सम्झौता

असल शासन प्रतिनिधि

बाँके/ब्राईटल्याण्ड कलेज र गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखा बिच सामाजिक कार्य अध्ययनरत बिद्यार्थीहरुको ईण्टर्नशिपका लागि सम्झौता भएको छ ।

कलेजमा बिएसडब्लु (सामाजिक कार्य) बिषय लिएर स्नातक अध्ययनरत बिद्यार्थीहरुलाई बिभिन्न संघ, संस्थामा ईण्टर्नशिप गर्नका लागि पौष १० गते दुई पक्षिय सम्झौता भएको हो ।

सम्झौता अनुसार, बिद्यार्थीहरुले अनिवार्य रुपमा तीन महिना ईण्टर्नशिप गर्नु पर्ने प्रावधान बमोजिम महासंघले बिभिन्न गैससहरुमा ईण्टर्नशिपका लागि पठाउने कार्य गर्नेछ ।

ईण्टर्नशिपमा गएका बिद्यार्थीहरुको काम प्रभावकारी भए, नभएको बारे महासँघले अनुगमन, मूल्याँकन गर्नुका साथै ईण्टर्नशिपमा गएका बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि बिभिन्न तालिम प्रदान गर्ने भएको छ ।

महासंघले ईण्टर्नशिप गर्न जाने बिद्यार्थीहरुलाई काम गर्ने, सिक्ने बाताबरण सृजना गर्नुका साथै ईण्टर्नशिप गर्न आएका बिद्यार्थीहरुलाई स्वागत र बिदाई कार्यक्रमको आयोजना गर्नेछ ।

सम्झौतामा ब्राईटल्याण्ड कलेज, नेपालगञ्जका प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल र गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका अध्यक्ष नमस्कार शाहले हस्ताक्षर गरेका छन् ।

  • १० पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech