गजल

असल शासन प्रतिनिधि

तपाई हामि युवा वर्ग अब जाग्नु पर्छ,
भ्रट्राचार बिरुद्धमा साच्चै लाग्नु पर्छ

सजक हुदै युवाजोस देशकै हितका लागि,
साहसि ति अग्रज बिचार हामिले माग्नु पर्छ

सुशासन र मिचिएका सिमा रेखालाई,
कायम अनि फिर्ता गर्ने सोच राख्नु पर्छ

देवि देवता मन्दिर बलि नाटक भएन र ?,
भ्रष्ट होईन असल बन्छु आत्मा भाक्नु पर्छ

सत प्रतिशत समयको सदुपयोग गर्दै,
बिकास र समृद्धिको लक्ष्य ताक्नु पर्छ

– मुना बिष्ट
नेपालगन्ज–१०, बाँके

  • १४ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech