कार्यक्रममा मोवाईल आतङक

असल शासन प्रतिनिधि

संचारको चर्चित र अहिलेका लागि नभई नहुने साधनको रुपमा परिचित मोबाईलको हो । जसले थुप्रै सहजता बनाईदिएको छ । यसका फाईदा धेरै छन् हुन त जहाँ फाईदा हुन्छ त्यहाँ बेफाईदा पनि त्यत्तिकै मात्रामा हुन्छ । सञ्चारको सहज उपलब्धताका लागि मोबाईल प्रयोग गर्ने गरेको पाईन्छ तर यसको सदुपयोग भन्दा धेरै दुरुपयोग गरेको पाईन्छ । म सामाजिक संस्थामा काम गर्ने भएका कारण नेपालगञ्जमा हुने अधिकांस कार्यक्रमहरुमा सहभागि हुने गर्दछु मैले भब्य कार्यक्रमहरु पनि मोवाईल आतँकका कारण निकै अब्यवस्थित भईरहेको पाएको छु । बौद्धिक व्यक्तित्वहरुको जमट हुने एकाध कार्यक्रम बाहेक सबै कार्यक्रममा उपस्थित हुने बौद्धिक व्यक्तिहरुका हातमा ठुला ठुला मोवाईल हुन्छन् । जसलाई स्विचअफ गर्नु त टाढाको कुरा भयो । साईलेन्ट वा भाईब्रेसनमा राख्नु पर्छ भन्ने बारेमा मोवाईलधनिहरु सचेत भएको पाईदैन आज भोली हुने कार्यक्रमहरुमा आयोजकले शुरुवात मै सकिन्छ भने मोवाईल साईलेन्ट राख्नु होला भन्ने अनुरोध गरेको हुन्छ तर त्यो अनुरोधको बेवास्ता गर्दै केही ब्यक्तिहरुले कार्यक्रमकै बिचमा मोवाईलको रिङ्ग टोन घन्काईरहेका हुन्छन् जसले कार्यक्रमको ब्यवस्थितता भंग गर्नुका साथै कार्यक्रमलाई बिषयान्तर समेत बनाईदिन्छ । ठूलो आवाजमा मोबाईल बज्दा कार्यक्रमको मर्यादानैं भंग हुने गरेको छ तर पनि त्यहि मोबाईल अर्काे पटक पनि बज्ने गर्दछ । कुनै(कुनै कार्यक्रममा त मोवाईलकै आवाज गुञ्जायमान हुने गर्दछ । कसै(कसैले त भाषण गर्दानैं मोबाईल रिसिभ गर्ने गरेको पाईन्छ । बिभिन्न गितहरु, अरुलाईनैं बितृष्णा हुने खालको रिंगटोनहरु राखि घन्काउने गरेको पाईछ । एउटाको फोन आयो भने सबै हाँस्दा पनि ति मोबाईल धनिले कुरा नबुझि अर्काे पटक बज्दा सम्म चाल गर्दैनन् यो अनुशासनहिनताको नमुना हो । कार्यक्रममा मोवाईल स्विच अफ गरेर वा साईलेन्टमा राखेर अरुलाई बाधा नहुने गरि एस.एम.एस गरि वा बाहिर गई सभ्यताको उदाहरण प्रस्तुत गर्ने की ?
– एच.आर. भट्ट
नेपालगन्ज

  • १४ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech