सडक पेटि कब्जा

असल शासन प्रतिनिधि

सडक पेटि कब्जा

नेपालगन्जको सुर्खेतरोड मेरो दैनिक हिँडडुल गर्ने सडक खण्ड हो । कार्यालय आउने जाने देखि किन मेलका लागि बजार जाँदा समेत त्यही बाटो प्रयोग गर्ने गर्दछु । पहिलेको तुलनामा नेपालगन्ज सुन्दर र सफा छ जसका कारण सवारी साधनमा होस् या पैदल नेपालगन्ज बजारतिर घुम्दा आनन्द आउँछ । बिहिवारको कुरा हो म बिहानी पख भृकुटीनगर हँुदै बिपिचौक तिर पैदल जादै थिएँ म गणेशमान चौक देखि अगाडी जाँदै गर्दा सडकमा पैदल हिँड्ने ब्यक्ति तथा बिद्यार्थीहरुको निकै बाक्लो उपस्थिती थियो । औद्योगिक क्षेत्र अगाडी तिर उनीहरु सबै सडक मै हिडडुल गरिरहेका थिए म पनि त्यही बाटो अगाडी बढे गणेशमान चौक देखि पेट्रोल पम्प सम्म खुल्ला सडक पेटि हँुदाहुँदै किन सबै सडक मै हिँडिरहेका छन् होला भन्ने लाग्यो मध्यपश्चिम बहुमुखि क्याम्पस देखि म सडक पेटि हिड्ने मनसायले अगाडी बढे तर केही अगाडी पुगे पछि मैले सडक पेटिबाट जान सकेन कारण थियो सडक पेटि पछाडी फालिएको फोहोरको दुर्गन्ध । जसका कारण म पुन सडक छेउबाटै हिड्न बाध्य भए । बिहानीको समय थियो हुस्सु लागेका कारण मैले सडक पेटि कै जान उपयुक्त लागेको थियो तर अगाडी बढ्दै गर्दा औद्योगिक क्षेत्र अगाडी त सडक पेटिलाई नै ठाउँ—ठाउँमा डिभाईडर लगाएर बन्द गरेको देखँे त्यसपछि म सरासर सडक छेउबाटै बिपि चौक पुगेँ । औद्योगिक क्षेत्र नेपालगन्जको मुख्य क्षेत्र हो भने विभिन्न स्थानका मानिसहरुको आवत जावत हुने क्षेत्र पनि हो त्यसकै अगाडी फोहोर थुपार्नु र सडक पेटि बन्द गर्नु जायज कुरा होईन ।
नेपालगन्जको बजार तथा मानिसको अलि भिडभाड हुने क्षेत्रको सडक पेटिमा ठेला व्यवसायिहरुले कब्जा गरेको देखिन्छ भने सडक पेटि खालि रहेको स्थानमा फोहोर फाल्ने र पेटि नै बन्द गरेको पाईयो । नेपालगन्जमा पैदल यात्रुहरुले कहाँ र कसरी यात्रा गर्ने ? अर्को तर्फ अहिले चिसोको मौसम भएका कारण दिनभरी नै बाक्लु हुस्सु लाग्ने गर्दछ जसका कारण सडक दुर्घटनाको उच्च जोखिम छ यस्तो बेला नेपालगन्जका सबै सडक पेटिहरु सफा गरि आम पैदल यात्रुहरुलाई सहजता ल्याउने तर्फ नेपालगन्ज उपमहानगरपालिकाले ध्यान दिन जरुरी छ ।

– एच.आर.भट्ट
नेपालगन्ज

  • १५ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech