नेपालगन्जको आकास खुल्यो, घाम लागेपछि सर्वसाधारणलाई राहत

असल शासन प्रतिनिधि

नेपालगन्ज । पुस १५ ।
बिगत केही दिन देखि शितलहरका कारण बन्द रहेको नेपालगन्जको आकास आज खुलेको छ । बिहानै देखि नेपालगन्जमा घाम लागेपछि बाँके जिल्लामा शितलहरका कारण कष्टकर बनेको जनजिवन केही सहज भएको छ । शितलहर सँगै यस क्षेत्रमा अत्यधिक चिसो पढेपछि नेपालगन्ज लगायत यहाँका स्थानीय केही पालिकाहरुले बिद्यालयहरु केही दिनका लागि बन्द गर्ने निर्णय गरेको थियो भने यात्रु तथा जेष्ठनागरिक समस्यामा थिए । आज बिहानै देखि आकास खुलेको छ भने नेपालगन्जमा चर्को घाम लागिरहेको छ । बिहानै देखि घाम लागेपछि यहाँका स्थानीयहरु हर्षित हुनुका साथै आ आफ्नो घर आगन तथा छतमा घाम तापिरहेका छन् । पुस महिनाको शुरुवात सँगै एकाएक शितलहर र चिसो बढेपछि आम नागरिकहरु चिसोको मारमा थिए । चिसो बढेसँगै स्थानीय पालिकाहरुले आम नागरिकहरुको राहतका लागि भन्दै दाउरा समेत बितरण गर्दै आएको थियो ।

  • १५ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech