दैलेखी बंगलामा सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगन्ज । पुस १५ ।
बिगत लामो समय देखि अब्यवस्थित रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखि बंगला ब्यवस्थित हुने
भएको छ ।
नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर २ ले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष सुनिल सिंह हमाल लगायत सरोकारवालाहरुले दैलेखि बंगलाको सरसफाई तथा उचित ब्यवस्थापन गर्ने प्रतिबद्धता गरेका हुन । वडाको दैलेखि बंगलामा नै आयोजना गरिएको सुनुवाई कार्यक्रममा जम्मा ७ बुदें साझा सार्वजनिक प्रतिबद्धता गरिएको थियो । सुनुवाईमा गरिएका अन्य प्रतिबद्धताहरुमा वडामा संकलित फोहोर पैसा नदिएका कारण नउठाउने गरेको भन्ने जनगुनासो आएकाले भोली देखि नै फोहोर ब्यवस्थापन गर्ने, बागेश्वरी मन्दिर परिसरमा रहेको गौशालामा निर्मित क्रियापुत्री कोठा प्रयोग विहिन अवस्थामा रहेकोले त्यसको प्रचार प्रसार तथा प्रयोगका लागि आवश्यक पहल गर्ने, वडा कार्यालय मार्फत सञ्चालीत हुने लक्षित बर्ग उत्थान कार्यक्रमहरु पारदर्शि ढंगले सञ्चालन गर्ने, वडालाई शौन्र्दयीकरण गर्दै प्रयटन प्रद्धनमा टेवा पुयाउने, वडा भित्र उपभोक्ता समिति गठन गर्दा सम्बन्धीत स्थानीयबासिहरुको सहभागितामा पारदर्शि रुपमा गठन गर्ने र बागेश्वरी मन्दिर हुदै घरबारि टोल जाने बाटो २ महिना भित्र निर्माण गरि सक्ने तथा वडा भित्र निर्माण हुन बाकि रहेका बाटोहरुको निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा भएको सुनुवाई कार्यक्रमको शुरुवातमा वडा कार्यालयले प्रदान गर्ने सेवा तथा सुविधा र वडा कार्यालयले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । बासका अध्यक्ष रमेश सिटौलाले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको सुनुवाईमा वडाबासिहरु र सरोकारवालाहरु बिच झण्डै २ घण्टा वडाको विकास निर्माण र गुणस्तरीयताका बिषयमा दोहोरो प्रश्नोत्तर भएको थियो । वडा बासिहरुले सोधेका प्रश्नहरुको जवाफ वडा अध्यक्ष सुनिल सिंह हमाल, सदस्यहरु ध्रुब दाहाल, राम कुमार बैश्य, आशा बिष्ट, शान्ति देबी परियार, वडा सचिब सुबास पौड्याल, नासु खेम राज सुबेदी, लेखापाल उमेश कुमार शाही लगायतले दिएका थिए । रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा प्रतिबद्धताको घोषणा बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए । सुनुवाईमा २०० बढी वडा बासिहरुको सहभागिता रहेको थियो ।

  • १५ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech