बैजनाथ गाँउपालिकामा १० बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
दश बुँदे प्रतिबद्धता व्यक्त गर्दै बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई पौष १८ गते सम्पन्न भएको छ ।
बैजनाथ गाउपालिकाको आयोजना र बासको सहजिकरणमा बैजानथ गाउँपालिकाको कार्यालय परिसर बनकटवामा सम्पन्न सुनुवाईमा उक्त प्िरतबद्धता व्यक्त भएको हो ।
जारी गरिएका प्रतिबद्धताहरुमा बैजनाथ गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता अभिबृद्धि गर्न गुनासो सुनुवाई तथा व्यवस्थापन संयन्त्र स्थापना गर्ने, पालिका भिबका जोखिम र जिर्ण सडक, पुल निर्माण, पुर्ननिर्माण गर्ने, शैक्षिक गुणस्तरियताका लागि बैजनाथ गाउँपालिका भित्रका बिद्यालयहरुको नियमित अनुगमन गर्ने, गाउँपालिकामा व्याप्त बाल बिबाहलाई न्यूनिकरण गर्नका लागि सशक्त रुपमा अभियान संचालन गर्ने, गाउँपालिका सम्बद्ध जनप्रतिनिधि, कर्मचारीहरुबाट बाल बिबाह बहिष्कार गर्ने, छाडा चौपाय व्यवस्थापन नियन्त्रणका लागि पहल गर्नुका साथै पशुधनीहरुलाई आह्वान गर्ने, कानुनी व्यवस्था अनुसार स्ति, वडा र पालिका स्तरमा योजना र बजेट तर्जुमा गर्दा सबै जात, जाती, लिँगलाई समेट्ने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गथेष्ठ बजेट बिनियोजन गर्नुका साथै अनुमगन र अभिलेखिकरणलाई व्यवस्थि तगर्ने, लागु औषध नियन्त्रण गरि शान्ति सुव्यवस्था कायम गर्न अभियान संचलन गर्ने, मदिरा तथा सुर्तीजन्य पदार्थ बिरुद्ध जनचेतना अभिबृद्धि गर्ने र गाउँपालिकाको सार्वजनिक सुनुवाई नियमित गर्ने रहेका छन् ।
जारी प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिक, निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य, वडानं १ का अध्यक्ष रुप बहादुर मल्ल, वडानं २ का अध्यक्ष प्रेम बहादुर थापा, वडानं ४ का वडाध्यक्ष कालि बहादुर सिंह, वडानं ५का वडाध्यक्ष मान बहादुर खत्री, वडानं ६ का अध्यक्ष भद्र बहादुर बस्नेत, वडानं ७ का अध्यक्ष सिताराम थारु, वडानं ८ का अध्यक्ष भगन थारु, कार्यपालिका सदस्य गुमान दमाई, लक्ष्मी थारु, पद्मा रोकाया, राम कुमार गुरुंग, संगिता सुनार, मेघ बहादुर सुनार, योजना अधिकृत डोटी नेपाली, स्वास्थ्य शाखा प्रमुख धननाथ योगी लगाएतले हस्ताक्षर गरेका थिए । बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा ३५० बढि सहभागि रहेका थिए । सहभागिहरुले जनप्रतिनिधिहरुलाई दर्जनौं प्रश्न गरेका थिए ।

  • २० पुष २०७६, आईतवार प्रकाशित

  • Nabintech