सरकारी कार्यालयमा सन्देस मुलक स्टिकर

असल शासन प्रतिनिधि

नेपालगन्ज । पौष २३ गते ।
समाज रुपान्तरणमा क्रियाशिल संस्था बास नेपालगन्जले आज नेपालगन्जका सरकारी कार्यालयहरुमा सन्देस मुलक स्टिकर टाँस गरेको छ ।
भ्रष्टाचार बिरुद्ध विभिन्न नाराहरु सहित बासले प्रकाशन गरेका जनचेतना मुलक स्टिकर सरकारी कार्यालयहरुमा टाँस गरिएको हो । कार्यालयको मुल गेट, सेवाग्राहीलाई सेवा प्रवाह गर्ने स्थान, कार्यालय प्रमुखको कार्यकक्षको बाहिर, प्रतिक्षालय, कार्यालयको सूचना पाटि लगायत स्थानमा स्टिकर टाँस गरिएको थियो । म घुस लिन्न म घुस दिन्न, भ्रष्टाचारी सबै जेल परुन् लगायतका नारा सहितका स्टिकर टाँस गरिएका थिए । बासका स्वयम् सेवकहरुले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापि कार्यालय, आन्तरीक राजश्व कार्यालय, नेपालगन्ज उपमहानगरपालिका तथा नगरका विभिन्न वडाहरु, नेपाल टेलिकम, भेरी अन्चल अस्पताल, जिल्ला अदालत, हुलाक कार्यालय, डिभिजन बन कार्यालय लगायत दुई दर्जन सरकारी कार्यालयमा सो स्टिकर टाँस गरिएको हो । स्टिगर टाँस गर्नुपूर्ब स्वयम् सेवकहरुले सम्बन्धीत कार्यालयका प्रमुखहरुलाई भेटेर स्टिकर टाँसको अनुमति लिएका थिए । स्टिगर टाँस बासका लोक बहादुर घर्ती, मन्जु बर्मा, मिना घर्ती मगर, श्रुती चौधरी र अस्मीता सुनारले गरेका थिए । सरकारी सेवा प्रवाहलाई पारदर्शि र सेवाग्राही मैत्री बनाउने उद्धेश्यले बासले विभिन्न समयमा स्टिकर अभियान लगायतका अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

  • २३ पुष २०७६, बुधबार प्रकाशित

  • Nabintech