बासका पदाधिकारी तथा कर्मचारीहरुलाई उत्प्रेरणा तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज । पौष २८ गते ।
बासका पदाधिकारी तथा कर्मचारीहरुलाई आज तनाव ब्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । तनाव ब्यवस्थापन, सकारात्मक सोच, नेतृत्व विकास तथा समग्र जिवन जिउने कलाका बिषयमा द आर्ट अफ लिभिङका बरिष्ट प्रशिक्षक कञ्चन घिमिरेले सो तालिम प्रदान गरेका हुन । बास एसडिजी हबमा भएको तालिममा जिवन परिवर्तनका टिप्सहरुको प्रयोगात्मक अभ्यास तथा प्रतिबद्धता समेत गरिएको थियो । तालिममा बासका पदाधिकारी तथा कर्मचारीहरु गरि २५ बढीकोे सहभागिता रहेको थियो । तालिमको सञ्चालन बासका केन्द्रीय सदस्य खेम बिष्टले गरेका थिए ।

  • २८ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech