धम्बोझि चोक नजिक बिच सडकमा खाल्टो, दूर्घटनाको जोखिम

असल शासन प्रतिनिधि

हेमराज भट्ट । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको केन्द्रबिन्दु धम्बोझि चोक नजिकै सडकमा ठुलो खाल्टो परेको छ । धम्बोझि खजुरा सडक खण्ड अन्तरगत खाल्टो परेपछि सवारी आवतजावतमा निकै कठिनाई भएको छ । सवारी साधन सँगै पैदल यात्रुहरुको समेत निकै भिडभाड हुने सो सडक खण्डमा खाल्टो भएपछि ट्रफिक ब्यवस्थापनमा अस्त ब्यस्त देखिन्छ । बिच सडकमा ठुलो खाल्टो परेको र सो खाल्टोमा पानी जमेपछि दूर्घटनाको समेत जोखिम बढेको सवारी चालकहरु बताउछन् । त्यहाँ नजिकै ब्यवसाय गरिरहेका ब्यापारी तथा फूटपात पसलेहरुले बेलाबेला सवारी साधनले हिलो छ्याप्ने गरेको गुनासो गरेका छन् । स्थानीयहरुले उपमहानगरपालिकाको मुख्य केन्द्र धम्बोझि मै सडक नराम्रो सँग बिग्रिदा समेत उपमहानगरपालिका तथा सम्बन्धीत निकायले ध्यान नदिएकोमा आक्रोस गरेका छन् ।

  • २८ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech