स्वयं सेवा र मानविय कार्यको महत्व बारे छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज, माघ ३ गते ।
बासको लोकप्रिय कार्यक्रम ईन्स्पाईरिङ्ग युथको १६८औं श्रृखला गैरसरकारी संस्था महासँघ बाँकको सभा हलमा सम्पन्न भएको छ ।
बासको आयोजनामा हरेक शुक्रबार १ घण्टा आयोजना गरिने कार्यक्रमको आजको श्रृखलामा स्वयं सेवा र मानविय कार्यको महत्वका बिषयमा छलफल गरिएको छ । युवाहरुलाई स्वयं सेवामा लाग्न उत्प्रेरित गर्ने तथा मानविय कार्यको महत्वका बारेमा युवाहरुलाई जागरुक गराउन सो कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वयं सेवा तथा मानविय सेवाका बिषयमा युवा अभियन्ता बिशाल राना मगरले सहजिकरण गरेका थिए । स्वयमं सेवाका बिषयमा आफुले संगालेको अनुभव तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्वयं सेवाको प्रयोग, फाईदा र महत्वका बिषयमा राना मगरले जानकारी गराएका थिए । उनले मानविय सेवासँग जोडिएको स्वयं सेवाको महत्व झनै महत्वपूर्ण हुने बताएका थिए । छलफलको क्रममा नेपालमा विभिन्न समयमा भएका प्राकृतीक बिपत तथा समस्याका बेला युवाहरुले खेलेको भुमिकाका बिषयमा सहभागिहरुले अनुभव सुनाएका थिए । बासका केन्द्रीय कोषाध्यक्ष छबीलाल सुनारले स्वयं सेवाका बिषमा आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सहभागि मिना घर्ती मगरले कार्यक्रमबाट स्वमं सेवाको बारेमा जानकारी हासिल भएको बताईन् । यस्तै कार्यक्रमका अर्का सहभागि हेमा चपाईले कस्तो अवस्थामा स्वयं सेवा गर्ने भन्ने बारेमा कार्यक्रमबाट प्रष्ट जानकारी भएको बताईन् । कार्यक्रमको अन्त्यमा सहभागिहरुले स्वयं सेवा तथा मानविय सेवामा लाग्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा २५ बढीको सहभागिता रहेको थियो ।

  • ३ माघ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech