नेपालगन्ज ११ मा नेतृत्व विकास तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज । माघ १२ गते ।
युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा तिन दिने युवा नेतृत्व विकास तालिम शुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा तालिम शुरु भएको हो । गैरसरकारी संस्था महासँघ बाँकेको हलमा शुरु भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै तालिमका अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मुवारक अली सिद्धिकीले वडा भित्र रहेका युवाहरुको क्षमता अभिबृद्धी गर्न तालिम प्रभावकारि हुने बिश्वास ब्यक्त गरे । उनले युवाहरुलाई तालिमबाट नेतृत्वको शिप ग्रहण गर्न अनुरोध गरे । यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा सचिब सविता तिवारीले युवाहरुको शिप अभिबृद्धी गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको भन्दै सक्रिय रुपमा तालिममा सहभागि हुन युवाहरुलाइई अपिल गरिन् । उनले तालिममा सहभागि युवाहरुलाई ब्यवहारिक रुपमा ज्ञान आर्जन गरि समाज परिवर्तनमा लाग्न अनुरोध गरिन् । यसैगरी गैसस महासँघ नेपाल बाँके शाखाका सदस्य लोक बहादुर परियारले समाजमा असल नेतृत्वको खाँचो रहेकाले तालिमले असल नेतृत्व उत्पादन गर्ने बिश्वास ब्यक्त गरे ।
बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको तालिम उद्घाटन सत्रको सञ्चालन बासकी शोभा थापा मगरले गरेकी थिईन् । तालिम उद्घाटन सत्रको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । तालिमको पहिलो दिन नेतृत्वका विभिन्न बिषयमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला र बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । तालिम तिन दिन सम्म चल्नेछ ।

  • १२ माघ २०७६, आईतवार प्रकाशित

  • Nabintech