दुई सय पचास महिलाहरुलाई किट व्याग बितरण

असल शासन प्रतिनिधि

अछाम/अछामको तुर्माखाँद गाउँपालिकाका २ सय ५० जना महिलाहरुलाई फ्रिडम किट व्याग बितरण गरिएको छ ।

UK मा रहेकी Rosa Matheson को संरक्षकत्वमा रहेको Freedom Kit Bags को सहयोगमा बास र बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति, नागपर्वत नाडा अछामले महिलाहरुलाई उक्त व्यागहरु माघ १२ र १३ गते बितरण गरेको हो ।

माघ १२ गते तुर्माखाँद गाउँपालिकाको खुला मञ्चमा आयोजित बितरण कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका तोषि र भैरवस्थानका महिलाहरुलाई फ्रिडम व्याग बितरण गरिएको थियो ।

बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति नागपर्वत नाडा अछामका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता देबि बुढाले महिनावारी हुँदा गोठमा बस्न बाध्य महिलाहरुको सुरक्षाका लागि बितरण गरिएको किट व्याग उपयोगी हुने बताईन् । उनले महिलाहरुको स्वतन्त्रता र स्वस्थताका लागि किट व्याग सहयोगी हुने बताईन् ।

कार्यक्रममा बोल्दै आयोजक संस्था बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति, नागपर्वत नाडा अछामका अध्यक्ष लोकेन्द्र बहादुर शाहले संस्थाको निरन्तरको पहल पश्चात महिलाहरुलाई निःशुल्क रुपमा किट व्याग बितरण गर्न सफल भएको बताए । उनले अछाममा व्याप्त छाउपडी प्रथा कुप्रथा भएको उल्लेख गर्दै सो कुप्रथा बिरुद्ध संस्था क्रियाशिल रहेको बताए ।

कार्यक्रमकी प्रमुख अतिथी बुढा र अध्यक्ष शाहले संयुक्त रुपमा महिलाहरुलाई किट व्याग बितरण गरेका थिए । कार्यक्रममा ७२ जना महिलाहरुलाई किट व्याग बितरण गरिएको थियो । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले किट व्यागको उपयोगिताका बारेमा बोलेका थिए भने फ्रिडम किट व्याग्सकी एम्बेसडर निर्मला श्रेष्ठ र ईण्टर्न एम्बेसडर सुमि श्रेष्ठले महिनावारी अवस्थामा ध्यान पुर्याउनु पर्ने कुराका साथै किट व्यागको प्रयोगका बिषयमा प्रशिक्षण दिएका थिए ।

समितिका सदस्य मन बहादुर बयकले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष छत्राकला बयकले गरेकि थिईन् भने कार्यक्रममा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, आयोजक संस्थाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

यसैगरी सोही दिन तुर्माखाँद गाउँपालिकाको नाडामा फ्रिडम किट व्याग्स बितरण कार्यक्रम सम्पन्न भएको थियो । श्री कालिकेश्वरी मा.बि. नाडाको प्रांगणमा सम्पन्न कार्यक्रममा ७२ जना बिद्यालयका छात्रा तथा वडाका महिलाहरुलाई किट व्याग बितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व नाडा गाबिस अध्यक्ष बिष्ण बहादुर शाही र आयोजक संस्था बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति नागपर्वत नाडा अछामका अध्यक्ष लोकेन्द्र बहादुर शाहले संयुक्त रुपमा महिलाहरुलाई किट व्याग बितरण गरेका थिए ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले किट व्यागको उपयोगिताका बारेमा बोलेका थिए भने फ्रिडम किट व्याग्सकी एम्बेसडर निर्मला श्रेष्ठ र ईण्टर्न एम्बेसडर सुमि श्रेष्ठले किट व्यागको प्रयोगका बिषयमा प्रशिक्षण दिएका थिए । समितिका सदस्य मन बहादुर बयकले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव शम्शेर बहादुर शाहीले गरेका थिए भने कार्यक्रममा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, आयोजक संस्थाका पदाधिकारी, नाडा गाविसका पूर्ब अध्यक्ष राम बहादुर शाही लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहीले महिलाहरुको सहजताका लागि निःशुल्क किट व्याग बितरण प्रशंसनिय कार्य भएको बताए । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष शाहले ग्रामिण भेगका महिलाहरु महिनावारी हुँदाका बखत सहज होस् भन्ने हेतुले किट व्याग निःशुल्क रुपमा बितरण गरेको बताए ।

यसैगरी माघ १३ गते तुर्माखाँद बजारका ५१ जना महिलाहरुलाई समितिको कार्यालयमा समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले किट व्याग हस्तान्तरण गरेका थिए भने श्री कालिकेश्वरी मा.बि. तुर्माखाँदका छात्राहरुलाई बिद्यालयमा आयोजित भव्य समारोहमा किट व्याग बितरण गरिएको थियो ।

तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता देबि बुढाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा ५५ जना छात्राहरुलाई किट व्याग बितरण गरिएको थियो ।

बास तुर्माखाँद उपशाखा अध्यक्ष नारायण देब बुढाले सञ्चालन गरेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मनिराम बुढाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समितिका सदस्य मन बहादुर बयक, बासका निबर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतले बोलेका थिए । फ्रिडम किट व्याग्सकी एम्बेसडर निर्मला श्रेष्ठ र ईण्टर्न एम्बेसडर सुमि श्रेष्ठले किट व्यागको प्रयोगका बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता देबि बुढाले निःशुल्क रुपमा बितरण गरिएको किट व्यागको प्रशंसा गर्दै यस कार्यमा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिईन् ।

कार्यक्रमलाई समापन गर्दै आयोजक संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले समितिको पहलमा गाउँपालिका अन्तरगतका बिभिन्न वडाका महिलाहरुको सहजताका लागि फ्रिडम किट व्याग बितरण गरिएको बताए । उनले यसको उपयोगबाट महिलाहरु लाभान्वित हुने बिश्वास लिएको बताए ।

उनले बितरण गरिएको किट व्याग बारे भने— एउटा किट ब्यागलाई रु. ३ हजार पर्दछ यसरी २५० जनालाई ३ हजारका दरले ७ लाख ५० हजार बराबरको सहयोग अछामी महिलाहरु उपलब्ध गराईएको छ ।

के हो फ्रिडम किट व्याग भनेको ?
महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने प्याड, प्याड होल्डर, ईन्सर्ट, क्लिप, रोप, फेन्सी पर्स, पेन्टि, साबुन लगाएत सामाग्री रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भईरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको छ ।

  • १८ माघ २०७६, शनिबार प्रकाशित

  • Nabintech