सुशासन प्रर्बद्धनमा बास अब्बल

असल शासन प्रतिनिधि

रुपन्देही । असल शासन डटकम ।
ओम सतिया गाँउपालिकाका अध्यक्ष हिरा केवट राहुलले बास सुशासन प्रवद्र्धनमा अब्बल संस्था भएको बताएका छन् ।
रुपन्देहीको भैरहवामा शनिवार सम्पन्न शाखाको साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राहुलले यस्तो बताएका हुन् । बासले रुपन्देहीमा गरेको कामबाट आफु निकै प्रभावित भएको उनको भनाई थियो । उनले सामाजिक रुपान्तरणमा काम गर्ने सबै गैससहरुले सोही अनुरुप काम गरेमा समाज परिवर्तनका लागि लामो समय कुर्नु नपर्ने बताए । यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले सुशासन प्रबद्र्धनमा बासले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । उनले सुशासन र सामाजिक जवाफदेहिता प्रबद्र्धनमा थप सशक्त भएर अगाडी बढ्न शुभकामना दिए ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला र प्रदेश नम्बर ५ संयोजक राधिका गिरीको उपस्थिीमा भएको साधारण सभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नौ सदस्सीय निर्विरोध नयाँ समिति चयन गरेको हो । शाखाको उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमशः किशन कडेंल, दिक्षा बोहरा, बिकास जयसवाल र अमिसा गुप्ता चयन भएका छन् । यसैगरी समितिको सदस्यमा राजेश यादब, रुपा राना मगर, सर्वेस लोहार रर कृष्ण खनाल चयन भएको शाखाकी सचिब दिक्षा बोहराले बताईन् । यसैगरी साधारण सभाले नै शाखाको निर्देशकमा निर्वतमान अध्यक्ष बिजया खत्रीलाई निर्विरोध चयन गरेको जनाएको छ । कार्यक्रममा ओम सतिया गाँउपालिकाका अध्यक्ष हिरा केवट राहुल, सहायक प्रमुख जिल्ल अधिकारी भरत शर्मा, बास रुपन्देही शाखाका कानुनी सल्लाहकार सुनिल त्रिपाठी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, बास प्रदेश नम्बर ५ संयोजक राधिका गिरी, लाईन्स क्लब, नमूना एकीकृत परिषद, मायादेबि च्यारिटेवल फाउण्डेसन लगायतको उपस्थिती रहेको थियो । साधारण सभाको उद्घाटनमा शाखाको प्रगति विवरण शाखाका सचिब किशन कडेंलले प्रश्तुतीकरण गरेका थिए । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास ७५ जिल्लामा शाखा बिस्तार गरि काम गर्दै आएको छ ।

  • १९ माघ २०७६, आईतवार प्रकाशित

  • Nabintech