बास सिन्धुपाल्चोकमा शान्ति

असल शासन प्रतिनिधि

बास सिन्धुपाल्चोकमा शान्ति

सिन्धुपाल्चोक । असल शासन डटकम ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास सिन्धुपाल्चोक शाखाको दोश्रो अधिबेशन आज सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको छ ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितीमा भएको अधिबेशनले शान्ति थिङ्ग लामाको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ । शाखाको उपाध्यक्षमा सन्देश श्रेष्ठ, सचिबमा विकास श्रेष्ठ, सह सचिबमा रुबिना श्रेष्ठ र कोषाध्यक्षमा निर्मला श्रेष्ठ चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः पदमलाल श्रेष्ठ, पाल्की तामाङ्ग, छुसाङ्ग लामा र प्रकाश श्रेष्ठ चयन भएका छन् । यसैगरी आज नै बास सिन्धुपाल्चोक शाखाको पहिलो बैठकले पाँच सदस्सीय सल्लाहकार समिति चयन गरेको छ । जसमा शोभा उलक, पान्माया लामाङ्ग, खिल बहादुर श्रेष्ठ, कमल श्रेष्ठ र रिना श्रेष्ठ रहेका छन् । अधिबेशनको समापनमा बोल्दै नव निर्वाचित शाखा अध्यक्ष शान्ति थिङ्ग लामाले सबै युवाहरुलाई एकताबद्ध गराएर जिल्लामा सुशासनको अभियान सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता गरेकी थिईन् ।

  • १९ माघ २०७६, आईतवार प्रकाशित

  • Nabintech