नेपालगन्ज ११ का युवाहरुसँग छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज । माघ २१ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को वडा स्तरीय युवा क्लब सञ्जालसँग बैठक गरिएको छ ।
वडा स्तरीय युवा क्लब सञ्जाललाई सक्रिय बनाउने, युवा क्लबको कामको बारेमा समिक्षा गरि आगामी योजना बनाउने तथा युवाहरुलाई वडाको विकासका लागि परिचालन गर्ने उद्धेश्यले आज सो बैठकको आयोजना गरिएको हो । बासको सहजिरकणमा भएको बैठकमा बोल्दै वडा स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष विशाल कहार कश्यपले वडा स्तरीय युवा क्लब सञ्जाल गठन गरिएको भएपनि सक्रिय रुपमा काम गर्न नसकेको बताए । उनले क्लब प्रति युवाहरुको चासो भएपनि उद्धेश्य अनुरुप अगाडी बढ्न नसकेको बताए । यसैगरी युवा क्लब सदस्य समा राईले नियमित रुपमा क्लबको बैठक हुन नसक्दा योजना बनाउन नसकिएको बताईन् । उता बासको वडा नम्बर ११ स्तरीय ईकाई समितिका अध्यक्ष ज्याकी नवावले बासको ईकाई र वडा स्तरीय युवा क्लब सञ्जालले संयुक्त रुपमा वडाको विकासमा काम गर्ने बताए । बैठकमा बोल्ने युवाहरुले आगामी दिनमा वडाको विकासमा साथ र सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । उनीहरुले वडा भित्र विभिन्न चेतनामुलक कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् ।
बासका ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेको बैठकमा युवा क्लबको काम, कर्तब्य तथा युवाहरुले गर्न सक्ने क्रियाकलापका बिषयमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला र बासका उपनिर्देशक हेमराज भट्टले जानकारी गराएका थिए भने युवा स्वयम् सेवाका बिषयमा बासका निर्वतमान अधयक्ष मन भण्डारी र केन्द्रीय सदस्य खेम बिष्टले अनुभव आदान प्रदान गरेका थिए । बैठकले युवा क्लबले गरिरहेका क्रियाकललापहरुको समिक्षा गर्दै चाडै युवा क्लबको बैठक गरि आगामी योजना निर्माण गर्ने निर्णय गरेको छ ।

  • २१ माघ २०७६, मंगलवार प्रकाशित

  • Nabintech