सवारी दूर्घटना घटाउन टाईम कार्ड लागु

असल शासन प्रतिनिधि

सवारी दूर्घटना घटाउन टाईम कार्ड लागु

सुर्खेत । असल शासन पोष्ट ।
तिब्र गतिका कारण सवारी दूर्घटना बढेको भन्दै सुर्खेत प्रहरीले छिन्चु जाजरकोट सडक खण्डमा टाईमकार्ड लागु गरेको छ ।
छिन्चु जाजरकोट सडक खण्ड साघुरो र कच्ची भएको र तिब्र गतिमा सवारी चलाउदा दूर्घटना बढेको भन्दै टाईम कार्य लागु गरेको प्रहरी कार्यालयले जनाएको छ । जाजरकोट, सल्यान र सुर्खेत तिन ओटै जिल्लाका ट्राफिक प्रहरी बिच भएको समन्वय प्रश्चात सो सडक खण्डमा टाईम कार्ड लागु गरिएको बताईएको छ ।
टाईम कार्ड लागु भएसँगै अब देखि जाजरकोटको रिम्नादेखि होलुखोलासम्म ९ किलोमिटरको दुरीपार गर्न १ घण्टा लाग्ने छ यसैगरी होलुखोलादेखि खलंगा बसपार्कसम्म ६ किलोमिटर ४५ मिनेट, खलंगाबसपार्कदेखि मटेलासम्म ९ किलोमिटरमा ३० मिनेट, मटेलादेखि कुदुसम्मको ५ किलोमिटर २५ मिनेट र कुदुदेखि छेडाचौरसम्म २२ किलोमिटरमा १ घण्टा २० मिनेटको समय तय गरिएको छ । उता जाजरकोटको छेडाचौरदेखि सुर्खेतको राकमसम्म २४ किलोमिटर १ घण्टा ३० मिनेट, राकमदेखि सल्यानको सल्लिबजारसम्म ३ किलोमिटर १० मिनेट, सल्लिबजारदेखि सुर्खेतको बोटेचौरसम्म २३ किलोमिटर १ घण्टा ३० मिनेटको समय निर्धारण गरिएको बताईएको छ । यसरी सवारी साधनका लागि निर्धारण गरिएको समय तालिमकाको ख्याल नगरी तोकिएका समयभन्दा छिटो पुगे ५ सयदेखि १ हजारसम्म जरिवाना तोकिएको बताईएको छ ।

  • २१ माघ २०७६, मंगलवार प्रकाशित

  • Nabintech