नापी कार्यालयका २ कर्मचारी घुस रकम सहित पक्राउ

असल शासन प्रतिनिधि

नापी कार्यालयका २ कर्मचारी घुस रकम सहित पक्राउ

नेपालगन्ज ।
नेपालगन्ज स्थित नापी कार्यालयका कर्मचारी घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । बुधबार नापी कार्यालयका सर्भेक्षक यम बहादुर खत्री र लेखापढि गर्ने प्रताप केसीलाई ३५ हजार घुससहित अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार हाल साबिक गरिदिने भन्दै ति कर्मचारीहरुले बिचौलिया मार्फत ३५ हजार रुपैयाँ घुस रकम लिएका थिए ।

  • २३ माघ २०७६, बिहीबार प्रकाशित

  • Nabintech