बास केन्द्रीय कार्य समितिलाई नवलपुर शाखाको भब्य स्वागत

असल शासन प्रतिनिधि

नवलपुर । माघ २४ ।

३५औं पूर्णकालिन बैठकका लागि नवलपुर गैडाकोट पुगेको बास केन्द्रीय कार्य समितिलाई बास नवलपुर शाखाले भब्य स्वागत गरेको छ ।
गैडाकोट पुगेको बासको केन्द्रीय कार्यसमितिलाई बास नवलपुर शाखाका अध्यक्ष लक्ष्मी पौडेल, उपाध्यक्ष बेद प्रशाद काफ्ले, सचिब तेजेन्द्र राना लगायत पदाधिकारीहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।
बास केन्द्रीय कार्यसमितिको आयोजनामा हरेक चार महिनामा हुने बैठक यस पटक गैडाकोटमा माघ २४ र २५ गते हुदै छ । संस्थाको चार महिनाको समिक्षा गर्ने, प्रगति तथा आर्थिक प्रतिबेदन अनुमोदन गर्ने तथा संस्थाको भावि योजनाहरु तय गर्ने गर्दछ । बास केन्द्रीय अध्यक्ष रमेस सिटौलासहित २३ सदस्सीय पदाधिकारीहरु, बासका कार्यकारी निर्देशक नमस्कार शाह र उप निर्देशक हेमराज भट्ट सहितको बासको टोली बैठकमा सहभागि रहेको छ । दुई दिन सम्म चल्ने बैठक बास नवलपुर शाखाको आतिथ्यतामा सहमतिको हलमा चलिरहेको छ । बासको ३४औं पूर्णकालिन बैठक बर्दियाको ठाकुरद्धारामा बास बर्दिया शाखाको आतिथ्यतामा सम्पन्न भएको थियो ।

  • २४ माघ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech