नेपालगञ्जमा मन्टेश्वरी विधि प्रदर्शनी हुँदै

असल शासन प्रतिनिधि

बाँके/मण्टेश्वरी स्कुलहरुको छाता सँगठन मन्टेश्वरी एशोसियसन बाँकेले फाल्गुण १० गते बाँकेको नेपालगञ्जमा मन्टेश्वरी विधि प्रदर्शनी गर्ने भएको छ ।

बालबालिकाहरुको सृजनशिलता र अन्तरनिहित क्षमता अभिबृद्धि गर्नुका साथै अभिभावकहरुलाई मण्टेश्वरी पद्धतीको महत्वका बारेमा जानकारी दिने उद्धेश्यले उक्त प्रर्दशनि गर्न लागिएको हो ।

पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि एसोसिएसनले कार्यक्रम आयोजना बारे जानकारी दिएको हो । जानकारी अनुसार, प्रदर्शनी नेपालञ्ज स्थित भेरी प्राविधिक शिक्षालयको बहुउद्धेश्शिय हलमा हुनेछ ।

कार्यक्रम बारे जानकारी दिदैं कार्यक्रम संयोजक एशोसियसनकी कोषाध्यक्ष खिमा थापाले १० वटा मण्टेश्वरी स्कुलका ९९ जना बिद्यार्थीहरुले बनाएका बिभिन्न सामाग्रीहरु प्रर्दशनी गरिनेछ । प्रदर्शनीमा १० वटा स्कुलका १० वटा स्टल रहेनछन् । बिहान १० बजेबाट शुरु हुने प्रदर्शनी बेलुकी ५ बजे सम्म हुनेछ । प्रदर्शनीमा प्रबेश निःशुल्क रहनेछ ।

एशोसियसन उपाध्यक्ष गिता बजगाईले संचालन गरेको कार्यक्रममा एसोसिएसनकी अध्यक्ष लुना बुढाथोकीले प्रर्दशनीबाट ६०० बढिले अवलोकन गर्ने बिश्वास लिएको बताईन् । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, अभिभावक लगाएतको सहभागिता रहने बिश्वास एसोसिएसनको रहेकोछ ।

एसोसियसनमा बैजनाथ, कोहलपुर र नेपालगन्जका १६ वटा मण्टेश्वरी स्कुल आबद्ध रहेका छन् । डा. मारिया मन्टेश्वरी द्वारा प्रतिपादित मण्टेश्वरी शिक्षा प्रणालीलाई प्रबद्र्धन, बिस्तार गर्नुका साथै यस शिक्षासँग आबद्ध सम्बद्धहरुलाई संगठित गर्ने उद्धेश्यले एसोसिएसनको स्थापना भएको हो । यसले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

  • ३ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech