नेपालगन्जमा असल शासन सूचना केन्द्र सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगन्ज । फाल्गुन ६ गते ।
सुशासनको क्षेत्रमा क्रियाशिल संस्था बासले नेपालगन्जमा असल शासन सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।
सूचना आम नागरिक सम्म पुर्याउन तथा खोजेको बेला आवश्यक सूचना संकलन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले सूचना केन्द्र सञ्चालनमा ल्याईएको हो । आज बास केन्द्रीय कार्यालय परिसरमा आयोजित असल शासन सूचना केन्द्र उद्घाटन कार्यक्रमका बिच राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सूचना केन्द्रको उद्घाटन गरेका छन् ।
राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको बिशेष सहयोग तथा बास नेपालगन्जको सञ्चालन तथा ब्यवस्थापनमा शुरुभएको सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्ब प्रमुख आयुक्त बास्कोटाले सूचना सबै भन्दा ठुलो शक्ति भएकाले सूचनाको पहुँच सबै सम्म पुग्न सहयोग होस भन्ने उद्धेश्यले सूचना केन्द्र स्थापना भएको बताए । उनले आफुले सामाजिक कर्तब्य पालना गरेको भन्दै सूचना केन्द्रले युवा तथा अन्य ब्यक्तिहरुलाई अधययन तथा अनुसन्धानमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । सूचना केन्द्र स्थापनाका लागि पूर्ब प्रमुख आयुक्त बास्कोटाले नगद एक लाख, एक थान ल्याप्टप र सुशासन, सूचनाको हक लगायत महत्वपूर्ण पुस्तकहरु बासका अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, बासका कार्यकारी निर्देशक नमस्कार शाह हस्तान्तरण गरेका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि श्री भैरब प्रसाद गणका गणपती नकुल थापाले सूचना केन्द्र स्थापना सह्रानीय भएको भन्दै यस्ता कार्यहरुले सूचनाबाट बन्चित ब्यक्तिहरुलाई सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर वलीले सूचना निकै महत्वपूर्ण बिषय भएको बताए । प्रभावकारी सूचनाले समस्या समाधानमा टेवा पु¥याउने भन्दै नेपाल प्रहरीले सुशासन प्रत्याभुत हुने हरेक क्रियाकलापमा आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सूचना केन्द्रको स्थापना यस क्षेत्रमै नौलो अभ्यास भएको बताए । सामाजिक विकासमा सूचना केन्द्रले सहयोग गर्ने भन्दै सूचना केन्द्रको ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै शिक्षा बिद किरण आचार्यले असल कामको परिणाम असल हुने भन्दै सूचना केन्द्र स्थापना हुनु आवश्यक रहेको बताईन् । कार्यक्रममा गैसस महासँघ बाँके शाखाका उपाधयक्ष चन्द्र प्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रबक्ता टंक धामी लगायतले आफ्ना धारणाहरु राखेका थिए ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए भने सूचना केन्द्र सञ्चालनको उद्धेश्य माथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । कार्यक्रमका बिच सूचना केन्द्र स्थापनाका लागि बिशेष सहयोग गर्ने पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटालाई बासले सम्मान गरेका छ । कार्यक्रममा पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, श्री भैरब प्रसाद गणका गणपती नकुल थापा, बाँकेका प्रहरी प्रमुख बिर बहादुर वली, नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रबक्त टंक धामी, गैसस महासँघ बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, होप नेपालका अध्यक्ष खिला सापकोटा, द्धन्द्ध पिडीत तथा एकल महिला संजाल बाँकेकी अध्यक्ष जयन्ती खत्री, बरिष्ट गायक सुन्दर गुरुङ्ग, बरिष्ट कलाकार कमल बिके निर्मौही विभिन्न सरकारी कार्यालयका प्रमुख युवा लगायत ४० बढीको सहभागीता रहेको थियो ।

 

  • ६ फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech