सामाजिक कुसंस्कार बिरुद्ध ईन्द्रा

असल शासन प्रतिनिधि

– ईन्द्रा कुमारी जि.सी.
संयोजक, परिवर्तन समूह (चेन्ज टिम)

तपाईको जीवनको आदर्श के हो ?
— समाजमा रहेका कुसंस्कारको बिरोध तथा दिन दुःखीको सेवा अर्थात समाज सेवा नैं मेरो जीवनको आदर्श हो ।
तपाईंको जीवनको उत्प्रेरक व्यक्ति ?
— मेरो जीवनको पहिलो उत्प्रेरक ब्यक्ति मेरी आमा हुनुहुन्छ । जसले मलाई जन्म दिई शिक्षा, दिक्षा दिनुभयो । दोश्रो उत्प्रेरक व्यक्ति मेरो श्रीमान नयनराज रावल हो, जसले मलाई सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा दिनुभयो ।
तपाईंले समाजका लागि के गरिराख्नु भएकोे छ ?
— मैले समाजमा लागु औषध बिरुद्ध जनचेतना फैलाउने काम गरिरहेकोछुँ ।
जीवनको अविश्मरणीय क्षण ?
— जीवनको अविश्मरणीय सुखद क्षण मैले स्नातक गर्दाको हो भने दुःखद क्षण २०७३ साउन २९ गते मैले मेरो जीवन साथी गुमाएको दिन हो, जुन म कहिल्यै भुल्न सक्दिन ।
तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
— मेरो बुझाईमा असल शासन भनेको समाज र देश चलाउने नीति होे ।
समाजका लागि तपाईंको प्रतिबद्धता के छ ?
— सामाजिक कुरिति, कुसंस्कारको बिरुद्ध खुलेर लाग्ने मेरो प्रतिबद्धता छ ।

  • १० फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech