मानव बेचबिखन बिरुद्ध निर्मला

असल शासन प्रतिनिधि

 — निर्मला पौडेल —
संयोजक, शक्ति समूह, नेपालगञ्ज

तपाईको जीवनको आदर्श के हो ?
— मेरो जीवनको आदर्श भनेको नै सकारात्मक सोच र विचार हो ।
तपाईंको जीवनको उत्प्रेरक व्यक्ति ?
— मेरो जीवनको उत्प्रेरक व्यक्ति मेरो आमा हुनुहुन्छ ।
तपाईंले समाजका लागि के गरिराख्नु भएकोे छ ?
— मैले समाजका लागि सामाजिक कार्य सँगै मानब बेचबिखन बिरुद्धको अभियानमा लागिपरेकी छु । म यो अभियान मानव बेचबिखनबाट मुक्त समाज निर्माण नहुँदा सम्म निरन्तर अगाडी बढाईरहनेछु ।
जीवनको अविश्मरणीय क्षण ?
— मेरो जीवनको अविश्मरणीय क्षण मेरी छोरी जन्मेको दिन हो । जुन समय म एकदम खुसी भएकी थिएँ ।
तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
— समाजमा भएमा सबै कामहरु पारदर्शी र जवाफदेहि हुनु सुशासन हो ।
समाजका लागि तपाईंको प्रतिबद्धता के छ ?
— समाजका लागि राम्रो कार्य गर्नेछु । मानब बेचबिखनबाट प्रभावितहरुलाई समाजमा स—सम्मान साथ बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि लाग्ने मेरो प्रतिबद्धता छ ।
प्रश्तुती : सिन्धु धर्कत्वा

  • १० फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech