भ्रष्टाचार बिरुद्ध लाग्ने धिरेन्द्रको प्रतिबद्धता

असल शासन प्रतिनिधि

 — धिरेन्द्र शाही —
गायक, सुर्खेत

तपाईको जीवनको आदर्श के हो ?
— मेरो जीवनको आदर्श भनेको नै ईमान्दारिता हो ।
तपाईंको जीवनको उत्प्रेरक व्यक्ति ?
— मेरो जीवनको उत्प्रेरक मेरो आमा र साईंलो दाई नेम बहादुर शाही हुनुहुन्छ ।
तपाईंले समाजका लागि के गरिराख्नु भएकोे छ ?
— मैले समाजका लागि जनचेतनामुलक गित, संगितका माध्यमबाट सामाजिक उत्तर दायित्व बोध गराउने काम गरिरहेको छुँ ।
जीवनको अविश्मरणीय क्षण ?
— मेरो जीवनको अविश्मरणीय क्षण मरो बाल्यकाल हो ।
तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
— असल नागरिकमा हुने असल आचरणनैं असल शासन हो ।
समाजका लागि तपाईंको प्रतिबद्धता के छ ?
— समाजका लागि राम्रो कार्य गर्नेछु । जीवन भर भ्रष्टाचार बिरुद्ध लाग्ने मेरो प्रतिबद्धता रहेको छ ।
प्रश्तुती : सिन्धु धर्कत्वा

  • १० फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech