बिमानस्थलको रनवेमा बँदेल आतँक

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज बिमानस्थलको रनवे असुरक्षित भईरहेको छ । रनबेमा जँगलि जनावरहरुको अकस्मात प्रबेशले रनबे असुरक्षित भईरहेको हो ।

जानकारी अनुसार, दुई पटक जहाजसँग बँदेल ठोक्किसकको छ । पछिल्लो पटक केही महिना अघि बुद्ध एयरको ४०५ फ्लाइटको एटिआर, ७२ जहाज काठमाण्डौंबाट नेपालगञ्ज अवतरण गर्दा नेपालगन्ज बिमानस्थलको रनवेमा अचानक बँदेल जहाजसँग ठोक्किएको थियो ।

जहाजको पछाडीको पांग्रामा ठोक्किदा बँदेल घटनास्थलमै मर्यो, बिमान चालकको उच्च सावधानीका कारण जहाज दुर्घटनाबाट बच्योे । गतवर्ष रनवेमा यती एयरको जहाजसँग बदेँल ठोक्किएको थियो । त्यतिबेला पनि बिमान दुर्घटनाबाट जोगिएको थियो । रनवेको सुरक्षाका लागि लगाईएको काँडेतारबार पूरानो र जिर्ण हुँदा निर्वाध रुपमा बन्यन्तुहरु रनवेमा प्रबेश गर्ने गरेको बताईन्छ ।

सुरक्षाका दृष्टिकोणले उच्च सम्बेदनशिल मानिने विमानस्थलमा तारवार पुरनो र जिर्ण हुनु बिमानस्थलको रेख, देख गर्ने नागरिक उड्ययन कार्यालयको लापरवाही भएको बिमानस्थल स्रोत बताउँछ ।

ब्यस्त विमानस्थलको रुपमा परिचित नेपालगञ्ज बिमानस्थलबाट काठमाडौं लगाएत बिभिन्न पहाडी जिल्लाहरुमा दैनिक दर्जनौं उडान हुने गरेका छन् । तथापी बिमानस्थलको सुरक्षामा खासै कार्यालयले चाँसो दिएको देखिदैन । यसबारेमा कार्यालयको ध्यान जान जरुरी छ ।

यसबारेमा प्रमुख नागरिक उड्ययन कार्यालय, नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुर बिगतमा भएका घटनाहरुबाट पाठ सिक्दै समस्या समाधानका लागि पहल गर्ने बताउँछन् ।

  • १० फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech