नेपालगन्ज उपशाखाद्धारा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगन्ज । फाल्गुन १८ ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ बास नेपालगन्ज उपशाखा र बास स्वयम् सेवक समुहले आज रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसायटी रक्त सञ्चार केन्द्र नेपालगन्जमा भएको कार्यक्रममा १५ जना ब्यक्तिहरुले रक्तदान गरेका छन् । यसरी रक्तदान गर्नेहरुमा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, बासका निर्देशक हेमराज भट्ट, सिन्धु धर्कत्वा, अनिल थापा मगर, दिपा चौधरी, अति राम चौधरी, मिना घर्ती मगर, श्रुती चौधरी, लोक बहादुर घर्ती, शुद्ध प्रसाद थारु, गणेश दत्त खटिक, हरि खड्का, निश्चल जैसी, अंकित ओली र बिवेक बुढा क्षेत्री रहेका छन् । रक्तदान कार्यक्रमको संयोजन बास नेपालगन्ज उपशाखा अध्यक्ष शोभा थापामगरले गरेकी थिईन् । बासले केन्द्रीय कार्यालय तथा शाखा उपशाखाहरु मार्फत नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • १८ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech