व्यवसायिक परिचालन कोष स्थापना गर्न पहल गरिने

असल शासन प्रतिनिधि

बाँके/गैरसरकारी संस्था महासंघ नेपाल, बाँके र गो गो फाउण्डेसनको संयुक्त पहलमा व्यवसायिक सामाजिक जिम्मेवारी (Corporate Social Responsibility-CSR) कार्यान्वयनको अवस्था र चुनौती विषयक नागरिक संवाद सम्पन्न भएको छ ।

नागरिक संस्था र सञ्चार क्षेत्रले नेपालको प्रजातन्त्र, मानवअधिकार, कानुनी शासनको सुदृढीकरण र प्रेश स्वतन्त्रताको रक्षार्थ देशको सामाजिक, आर्थिक विकास र राजनीतिक रूपान्तरणमा पु¥र्याएको योगदानको स्मरण गर्दै, नेपालको आर्थिक तथा सामाजिक विकास, रोजगारी सृजना, कुल ग्रार्हस्थ्य उत्पादनमा वृद्धि मार्फत गरिवी निवारणमा योगदान गरी मुलुकलाई समृद्ध बनाउनको लागि नीजि क्षेत्रले गरेको योगदानको उच्च मूल्यांकन गर्दै नागरिक सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको अन्तमा पाँच बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ४८ मा व्यवसायिक सामाजिक जिम्मेवारी सम्बन्धी व्यवस्थालाई व्यवहारमा लागूगर्न र आवश्यक परेको अवस्थामा विद्यमान ऐनमा भएको यस सम्बन्धी व्यवस्थालाई समयानुकुल बनाउनका लागि सम्बन्धित निकायमा संयुक्त पहल र पैरवी गर्ने, व्यवसायिक सामाजिक जिम्मेवारी अन्र्तगत संकलन हुने पुँजीलाई पारदर्शी रूपमा परिचालन गर्नको लागि व्यावसायिक प्रथिष्ठान र नागरिक संस्थाको संयुक्त सहकार्यमा लक्षित समूदायको जीवनस्तर उठाउनका लागि संयुक्त पहल र पैरवी गर्ने, व्यवसायिक सामाजिक जिम्मेवारी अन्र्तगत गरिने श्रोत परिचालनलाई आन्तरिक राजस्व कार्यालयले खर्चको रूपमा नहेरी आम्दानीको रूपमा राखेर राजश्व लिने गरेकाले यस सम्बन्धमा स्पष्ट गर्न गराउनका लागि आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालय र नीति निर्मातासँग सम्बादको थालनी गर्ने कार्यमा संयुक्त पहल गर्ने, नागरिक संस्थालगायत नीजि क्षेत्र तथा व्यावसायिक प्रतिष्ठानहरूको संयुक्त पहलमा व्यवसायिक सामाजिक जिम्मेवारी परिचालन कोष स्थापना गर्न पहल गर्ने र अभिव्यक्ति तथा प्रेश स्वतन्त्रता लाई शिरोधार्य गरी नेपालको लोकतन्त्र र मानवअधिकारलाई सुढृतीकरण गर्दै नेपालको आर्थिक र सामाजिक विकासका लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्ने रहेका छन् ।

गो गो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खडकाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा, नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्ति नाथ सापकोटा, नेपालगञ्ज उद्योग बाणिज्य सँघका महासचिव चिरिञ्जिबि वली, निबर्तमान उपमहासचिव तारा खत्री, प्राध्यापक रुद्र प्रसाद तिमिल्सिना, रबिन्द्र कर्ण, गैससकर्मीहरु शिबलाल पाण्डे, तेज बिक्रम शाह, एसिएसन लाईफ ईन्स्योरेन्सका तिलक बहादुर केसी, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष रुपा गहतराज, नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, नेपालगञ्जका प्रमुख कृष्ण बहादुर पुन लगाएतले कार्यक्रममा बोलेका थिए ।
गो गो फाउण्डेसनकाख पोष्ट बहादुर के.सी.ले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता महासंघ अध्यक्ष नमस्कार शाहले गरेका थिए ।

  • १८ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech