कोहलपुर नेपालगन्ज सडक खण्ड सुचारु

असल शासन प्रतिनिधि

नेपालगन्ज । कोहलपुर नगरपालिकाको पिपिरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएपछि बन्द गरिएको सडक खुलेको छ ।
आज विहान करिब ११ बजे तिर रा १ ख २१८८ नम्बरको टिप्परले साईकल यात्री कोहलपुर वडा नं ९ निवासी ४५ वर्षिय रामपती थारुलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाईते भएकी थारुको कोहलपुर मेडिकल कलेजमा उपचार गर्दा गर्दै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको बताईएको छ । टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि कोहलपुर नेपालगन्ज सडक खण्डको पिपिरी चौक तनावग्रष्त भएको थियो । दुर्घटनालगत्तै क्षतिपूर्तीको मागसहित स्थानीय र मृतकका आफन्त आन्दोलनमा उत्रिए पछि सो क्षेत्र तनावग्रष्त भएको थियो । आन्दोलन चर्कीदै गएपछि ठुलो सख्यामा प्रहरी परिचालन गरिएको थियो । पिडित र प्रहरी बिचमा टिप्पर चालकलाई कानुनअनुसार मुद्दा चलाउने सहमती भएपछि आन्दोलन स्थगित गरि बाटो खोलीएको बताईएको छ ।

  • २८ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech