नेपालगञ्जमा प्रदेश स्तरिय बहुसरोकारवाला सम्वाद

असल शासन प्रतिनिधि

नेपालगञ्ज/दिगो विकास लक्ष्यको कार्यान्वयन अवस्था, यसका चुनौती र भावी कार्यदिशा बारे स्वेच्छिक राष्ट्रिय समिक्षा प्रकृया र युवा बिषयक बहुसरोकारवाला सम्वाद कार्यक्रम फाल्गुण २९ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

यसै क्रममा भिएसओ नेपाल, नेपाल एसडीजि फोरम, एक्सनएड नेपाल लगालयतका संघ संस्थाहरुसँगको सहकार्यमा युथ एड्भोकेसी नेपालले सातवटै प्रदेशका विभिन्न स्थानहरुमा वहुपक्षीय संवाद गर्ने क्रममा ५ नम्वर प्रदेश स्तरिय सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकारले सन २०१७ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजना भएको उच्चस्तरिय राजनीतिक राजनीतिक मंचमा ‘स्वैछिक राष्ट्रिय समिक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी २०२० जुलाई ७ देखी १६ सम्म आयोजना हुने उच्चस्तरीय राजनीतिक मञ्चमा दोस्रो ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ प्रस्तुत गर्दैछ ।

सोही बिषयमा सुझाव संकलनका लागि सम्वाद कार्यक्रम आयोजना गरिएको आयोजकहरुले जनाएका छन् । बासको स्थानीय संयोजनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सय भन्दा बढी युवाहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा सहभागि युवाहरुलाई आयोजकले दिगो विकास लक्ष्य तथा ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ का बारेमा अभिमुखीकरण दिएको थियो । कार्यक्रममा सहभागीहरुले दिएका सुझावलाई संकलन गरी प्रतिबेदन तयार गरिने युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।

उनले राष्ट्रिय योजना आयोगले तयार पार्ने ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ प्रतिवेदनलाई थप सहयोग पुर्याउने उद्देश्यले उक्त प्रतिवेदन तयार गर्न लागिएको बताए ।

हालसम्म प्रदेश नम्बर १ को विराटनगर, प्रदेश २ को जनकपुर, गण्डकी प्रदेशको नवलपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्वाद कार्यक्रममा सम्पन्न गरिसकेको जनाएको छ । त्यस्तै आगामी सम्वाद काठमाडौँमा गर्ने आयोजकको तयारी छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि भएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले दिगो बिकासका लक्ष्यहरु पुरा गर्नका लागि सबै तहका सरकार एकजुट हुनुपर्ने बताए । उनले दिगो बिकासका लागि आत्मनिर्भरतामा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा दिगो बिकासका लक्ष्य, कार्यान्वयन र चुनौतिका बारेमा गैसस महासंघका केन्द्रीय सदस्य नेत्रकला शाही, बाँके शाखाका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, बाँके शाखाका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, एक्सन एडका अधिकृत टेकराज भट्ट, प्लान नेपालको युवा सशक्तिकरण कार्यक्रमका संयोजक बिनय ज्ञवाली, युनिसेफका बाल संरक्षण अधिकृत राम प्रसाद गौतम, संघिय युवा परिषदका केन्द्रीय सदस्य पूजा बर्मा, राष्ट्रिय युवा महासँघ नेपालका  अध्यक्ष सुजन घले लगाएतले बोलेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन बासका निबर्तमान अध्यक्ष मन भण्डारीले गरेका थिए ।
कार्यक्रमको दोश्रो शर्तमा सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यहरुमध्ये युवाहरुसँग सम्बन्धित ९ वटा लक्ष्यहरुका बारेमा सुझाव संकलन गरिएको आयोजकले जानकारी दिएको छ ।

  • २९ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech