राप्ती सोनारीमा शिक्षा ऐन पारित

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले आधारभूत तथा माध्यामिक शिक्षा ऐन २०७६ पारित गरेको छ ।
गाँउपालिकाको बिहीबार सम्पन्न छैठौं गाउँ सभाले शिक्षा ऐन पारित लगायत विभिन्न निर्णयहरु गरेको गाँउपालिकाले जनाएको छ । जस अन्तरगत गाउँपालिकाको बजेट संशोधन, आर्थिक वर्ष २०७५/७६ को महालेखा परीक्षण (मलेप) प्रतिवेदन उपर पनि छलफल भएको बताईएको छ । गाँउ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाको समग्र विकासका लागि सबै एक एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

  • ३० फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech