ईन्सपाईरिङ्ग युथमा युवा अभियन्ताहरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिंग युथ कार्यक्रमको १७५ औं श्रृंखला नेपालगञ्जमा फाल्गुण ३० गते सम्पन्न भएको छ ।

कार्यक्रममा युवा अभियन्ता नरेन खतिवडा र सुजन घलेले युवाका आवश्यकता, चुनौती र सम्भावनाका बारेमा अनुभव सुनाएका थिए ।

कार्यक्रममा बोल्दै युवा अभियन्ता तथा राष्ट्रिय युवा महासँघ नेपालका केन्द्रीय अध्यक्ष सुजन घलले लक्ष्य निर्धारण गरि गन्तव्यमा पुग्न युवाहरुलाई आह्वान गरे । उनले युवाका सवालमा युवाहरु एकजुट हुनु पर्ने बताए । उनले धादिँग देखि काठमाण्डौं सम्मको यात्रामा निरन्तर आफु युवाको सवालमा काम गरिरहेको बताए ।

अर्का युवा अभियन्ता तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले दिगो बिकासका लागि सबै युवाहरु एक हुनु पर्ने बताए ।

बेरोजगारी, गरिवि र भोकमरि बिरुद्ध राज्य पक्ष लाग्न जरुरी रहेको उल्लेख गर्दै प्रश्न गर्ने संस्कृति युवाहरुले अवलम्वन गर्नुपर्ने बताए ।
बासका कोषाध्यक्ष रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा ३० बढि युवाहरुको सहभागिता रहेको थियो ।

  • ३० फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech