प्रश्नपत्रमा देखिएको त्रुटी छानविन गर्न समिति गठन

असल शासन प्रतिनिधि

त्रुटी भेटिएको प्रश्नपत्र

कोहलपुर । चैत्र ३ गते ।
कोहलपुर नगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षाको प्रश्नपत्रमा भएको त्रुटीका बिषयमा छानविन गर्न ३ सदस्सीय समिति गठन गरिएको छ ।
आइतबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले त्रुटीका बिषयमा छानविन गर्ने निष्कर्ष निकालेको हो । बैठकले त्रिभुवन माध्यामिक विद्यालयका शिक्षक ऋर्षी शर्माको अध्यक्षतामा नमूना विद्या सदनका संस्थापक शिव डाँगी र जनता मावि मैटहवाका शिक्षक बद्रि ढकाल सम्मेलित ३ सदस्सीय छानविन समिति गठन गरेको छ ।
नगरपालिका श्रोतले दिएको जानकारी अनुसार सो सर्वपक्षिय बैठकका नगर प्रमुख लुट बहादुर रावतले गल्ती गर्नेलाई सजाय हुनुपर्ने र यस्तो गल्ति नदोह¥याउन सचेत समेत गराएको बुझिएकोछ। बैठकले प्रश्नपत्र तयार गर्ने जिम्मेवारी समितिलाई दिईएको भन्दै समितिमा संलग्न बिषय शिक्षकहरुको लापरवाहि भएको निष्कर्ष समेत निकालीएको बुझिन्छ ।
यस अघि कोहलपुर नगरपालिकामा अन्तरगत शनिवार भएको बिज्ञान तथा वातावरण बिषयको बार्षिक परीक्षामा सोधिएका पश्नहरुमा त्रुटी भेटिएको थियो । आधारभुत तहको कक्षा ८ को बार्षिक परीक्षाको प्रश्नपत्रमा नेपाली र अंग्रेजी अनुवादमा गल्ति छेटिएको थियो । बार्षिक परिक्षाको प्रश्नपत्रमा त्रुटी भेटिएपछि सो बिषयमा कोहलपुर नगरपालिकाको आलोचना भएको थियो ।
प्रश्न पत्रमा देखिएको त्रुटिका बिषयमा पूर्ब निर्धारित समय तालिका भन्दा अगाडी नै परिक्षा गर्नु परेको र कोरोना भाईरसका कारण छिटो परिक्षा सञ्चालन गर्नु पर्दा त्रुटि हुन गएको नगरपालिकाले जनाएको थियो । फाल्गुन २९ गतेबाट कोहलपुर नगरपालिका भित्रका ४२ वटा विद्यालयमा सञ्चालन भइरहेको छ ।

  • ३ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech