कोरोना बिरुद्ध बाँकेमा टास्कफोर्स

असल शासन प्रतिनिधि

कोरोना बिरुद्ध बाँकेमा टास्कफोर्स

नेपालगन्ज । कोरोना भाईरस विरुद्ध पूर्व तयारीका लागि टास्कफोर्स गठन गरि आकस्मिक कोष खडा गरिएको छ ।
बिश्वव्यापी फैलिएको कोरोना भाईरस विरुद्ध सर्तकताका लागि फोर्स गठन गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरको संयोजकत्वमा सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले कोरोना भाईरस बिरुद्ध थप सक्रियता बढाउने निर्णय गरेको हो । बैठकले कोरोना भाईरस भाईरस बिरुद्ध तत्काल काम गर्न विभिन्न समितिहरु समेत गठन गरेको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।
बैठकमा आकस्मिक कोषका लागि नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको छ भने जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, बाँकेका ६ वटै गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गर्ने ेनिर्णय गरेका छन् । कोरोना रोकथामका लागि नेपालगन्जका विभिन्न स्थानमा हेल्प डेस्क राख्ने निर्णय भएको बताईएको छ ।

  • ४ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech