प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज  । चैत ४ गते। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको आज बिदाई गरिएको छ ।
कुशल प्रशासकको रुपमा परिचित प्याकुरेलको जिल्ला समन्वय समिति बाँकेमा समन्वय अधिकारीको रुपमा सरुवा भएपछि आज आयोजित नेपालगन्ज उपमहानगरपालिकाको छैठौं नगरसभाबाट उनको औपचारिक विदाई गरिएको हो । कार्यक्रमका बिच नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतका जनप्रतिनिधी र कर्मचारीहरुले प्याकुरेलको विदाई गरेका थिए । बिदाई कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले नेपालगन्ज उपमहानगरपालिकाको समग्र विकासमा प्रमुख प्रशासकिय अधिकृतले उत्कृष्ट काम गरेको बताएका थिए । प्याकुरेलको सरुवा भएपछि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतको रुपमा जिल्ला समन्वय समिति बाँकेका समनवय अधिकारि ओम बहादुर खडका आउने भएकाछन् ।

  • ४ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech