बास स्वयम् सेवकको १८औं ब्याचलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । चैत्र ५ गते ।
बासले स्वयम् सेवक समुहको १८औं ब्याचलाई आज एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको छ ।
हरेक छ/छ महिनामा स्वयम् सेवक समुह मार्फत स्वम् सेवक परिचालन गरिरहेको बासले नयाँ ब्याचलाई आज अभिमुखिकरण गरेको हो । बास स्वयम् सेवक समुहको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वयम् सेवा के हो, स्वयम् सेवाको महत्व, स्वयम सेवाकले गर्ने कामहरु, स्वयम् सेवकले गर्ने कामहरु, स्वयम् सेवकका फाईदाका लगायतका बिषयमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी र बासका निर्देशक हेमराज भट्टले अभिमुखिकरण गरेका थिए ।
बासका ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका महासचिब शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रमको अभिमुखिकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । अभिमुखिकरण कार्यक्रममा बासका १७औं ब्याचका सयोजक रबिन्द्र बोहरा र सदस्य माया चौधरीले आफ्नो अनुभव सुनाएका थिए । अभिमुखिकरणमा ५० जना नयाँ स्वयम् सेवकहरुको सहभागिता रहेको थियो ।

  • ५ चैत्र २०७६, बुधबार प्रकाशित

  • Nabintech