हेल्पडेस्क सहजकर्तालाई बासको अभिमुखिकरण

असल शासन प्रतिनिधि

हेल्पडेस्क सहजकर्तालाई बासको अभिमुखिकरण

नेपालगन्ज ।
बासले नागरिक सहायता कक्ष (हेल्पडेस्क) कार्यक्रम अन्तरगत सहजकर्ताहरुलाई जनगुनासो निवारण बिषयक अभिमुखिकरण गरेको छ । कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहयोग गर्ने र कार्यालयको कामलाई छिटो छरीतो र प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले सञ्चालीत हेल्पडेस्कमा सेवाग्राहीहरुको गुनासो ब्यवस्थापनका कसरी गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा हेल्पडेस्क सहजकर्ताहरुलाई सेवाग्राहीहरुका गुनासाहरुलाई कसरी संकलन गर्ने र संकलित गुनासो ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरिएको छ । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गुनासो सम्बोधन तथा ब्यवस्थापनका बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा सहजकर्ताहरुले हेल्पडेस्कमा काम गर्दाको अनुभव आदान प्रदान गरेका थिए । बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा बासका उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टले सहजकर्ताहरुबाट आएका समस्याहरुको बारेमा सहजिकरण गरेका थिए ।

  • ६ चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech