एक हप्ताका लागि जमुनाहा नाका बन्द

असल शासन प्रतिनिधि

एक हप्ताका लागि जमुनाहा नाका बन्द

नेपालगन्ज ।
विश्वब्यापी रुपमा फैलिएको कोरना भाईरसको संक्रमण बढ्न नदिन आज देखि नेपाल भारतको जमुनाहा सिमा नाका बन्द गरिएको छ ।
आईतबार बिहान नेपाल र भारतका सुरक्षा अधिकारीहरुबिच भएको छलफल पश्चात सिमा नाका एक हप्ताका लागि बन्द गर्ने सहमति भएको श्रोतले जनाएको छ । सीमा नाका बन्द गर्ने बिषयमा दुई देशका अधिकारीहरुका बिच निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन समेत आवत जावन गर्न पाउने छैनन्। साथै बैठकले अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने निर्णय गरेको छ । यस अघि शुक्रबारदेखी सिमा नाका हुदै आउने सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरुलाई भने आवागमनकालागि छुट गरीएको थियो ।

  • ९ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech