जमुनाहा नाकामा हात धुने पानी

असल शासन प्रतिनिधि

नेपालगन्ज । चैत्र ९ गते ।

कोरोना भाईरस (COVID-19) को सक्रमण कम गर्न बास केन्द्रीय कार्यालय नेपालगन्जले नेपाल भारत सिमाना जमुनाहामा हात धुने सफा पानीको ट्यांकी राखेको छ ।
कोरोना भाईरसबाट आफु बचौ र अरुलाई पनि बचाऔं भन्ने कुरालाई आत्मसात गरी बासले ५०० लिटरको पानी ट्यांकी राखेको हो । नेपाल भारत सिमानाका हुदै आवत जावत गर्ने यात्रुहरुलाई लक्षित गरी सो पानी ट्यांकी राखिएको छ । साबुनले मिचि मिचि हात धोएमा कोरोना भाइरसको सक्रमण नहुने कुरालाई आत्मसात गर्दै नेपाल भारत ओहोर दोहोर गर्ने यात्रुहरु अनिवार्य रुपमा हात धोएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गर्ने जनाएको छ । जमुनाहा नाकामा बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, बासका प्रशासन सहायक शुद्ध प्रशाद चौधरी र बासका सहजकर्ता शोभा थापा मगर को उपस्थिती रहेको थियो ।

  • ९ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech