पुरैनीवासीहरुलाई मास्क र साबुन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २२ पुरैनीले वडाभित्रका सबै बस्तीहरुमा घरदैलौ मार्फत मास्क र साबुन बितरण गरेको छ ।

विश्वव्यापी महामारीकोे रुपमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन तथा रोकथामको लागि चैत्र १५ गते उक्त सामाग्री सहयोग गरिएको हो ।

वडाले उप-स्वास्थ्य चौकी पुरैनी मार्फत महिला स्वयंसेवीका र कर्मचारीहरुको सहयोगमा प्रत्येक घरधुरीमा मास्क र साबुन एकै साथमा घरघरमा गएर वितरण गरिएको वडाध्यक्ष बिद्याराम बर्माले बताए ।

स्थानीय महिला स्वयमसेवीका तथा कर्मचारीहरुलाई वडाध्यक्ष बर्माले उक्त सामाग्री हस्तान्तरण गरेपछि वडा भित्रका सबै बस्तीहरुमा स्वयंसेविका र कर्मचारीहरुले घरदैलो गर्दै वितरण गरेका थिए ।

स्वास्थ्य चौकी पुरैनीका प्रमुख सरोज कुमार मिश्राको अनुसार स्वयमसेवकहरु मार्फत वडाको किंगरियनपुर्वा नहरपुर्वा, पुरैनी, खल्वापुरैनी, जोधापुर्वा, पुरैनी बिर्ता, लोनियनपुर्वा, प्रगतीटोल र शाहपुर्वा बस्तीहरुमा वितरण गरिएको छ ।

यसअघि वडा कार्यालयले जनचेतनाको लागि सबै बस्तीहरुमा ब्यानर, पम्पलेट तथा माइकिङ्ग गरेको थियो ।

  • १५ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech