बायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटना, सबैजना सकुशल

असल शासन प्रतिनिधि

दुर्घटना भएको नेपाल बायु सेवा निगमको जहाज ।
फोटो : My Republica

नेपालगञ्ज /कोरोना भाईरस (कोभिड १९) बिरुद्धका स्वास्थ्य सामाग्री लिएर लिएर नेपालगञ्ज आएको नेपाल बायु सेवा निगमको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएकोे छ ।

चैत्र १५ गते शनिवार मध्यान्ह धावनमार्गबाट चिप्लिएर बिमान दुर्घटना भएको हो । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थलले जनाएको छ ।

बिमानमा क्याप्टेन कुल बहादुर लिम्वु, को पाईलट महेश राज पाण्डे, एअर होस्टेज किरण आचार्य, डाक्टर सन्तोष देवकोटा लगाएत सवार थिए ।

नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरण गर्दा चिप्लिएर धावनमार्गबाट विमानस्थलको दक्षिण तर्फको घाँसे मैदानमा पुगेको थियो । बिमान पल्टिएको भए ठूलै क्षती हुन्थ्यो, बिमान नपल्टिँदा ठूलो दुर्घटनाबाट जोगियो-बिमानस्थल स्रोतले भन्यो ।

बिमान कोरोना आंशका गरिएका बिरामीको स्ल्याव लिन र स्वास्थ्य सामाग्री पुर्याउन नेपालगञ्ज आएकोे थियो ।

विमान दुर्घटना भए लगत्तै विमानमा रहेका सबैको तत्काल उद्धार गरिएको नागरिक उड्ययन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार, दुर्घटनाबाट बिमानमा क्षती पुगेको छ ।

  • १५ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech