अध्यक्ष सिटौला माथी प्रहरीद्वारा कुटपिट, बासद्वारा निन्दा

असल शासन प्रतिनिधि

कुटपिटबाट घाईते भएका बासका केन्द्रीय अध्यक्ष रमेश टिौला ।

नेपालगञ्ज/बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलालाई प्रहरीले कुटपिट गरेको छ ।

गृह मन्त्रालय, स्थानीय प्रशासनले लक डाउनका क्रममा अत्यावश्यक काममा सर्बसाधारण जान सक्ने कुरा नागरिकहरुलाई सुचित गराईरहेका बेला आईतवार साँझ ६.१५ बजे आफ्नो औषधी खरिदका लागि नेपालगञ्ज मेडिकल कलेज नजिकको मेडिकल पुगेको बेला प्रहरीले अध्यक्ष सिटौला माथि कुटपिट गरेको हो ।

आफु औषधी खरिद गर्न आएको भन्दै आफ्नो परिचय–पत्र देखाउँदाका बावजुत अध्यक्ष सिटौलालाई वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि बहादुर बस्नेतले तँ जो सुकै होस् हामीलाई के मतवल भन्दै हातपात गरि दुरव्यवहार गर्नुका साथै साईकल समेत फ्याँकिदिएका दिए भने प्रहरी जवानले अन्धाधुन्ध लाठी चार्ज गरेका थिए । प्रहरीको कुटपिटबाट सिटौलाको पिठ्युमा चोट लागेको छ ।

अध्यक्ष सिटौला माथि भएको अन्धाधुन्ध लाठी चार्ज प्रति बासले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्ती प्रकाशन गर्दै बासले अध्यक्ष सिटौला माथि भएको घटनाबाट प्रहरीको बौलट्टिपना प्रष्ट देखिएको उल्लेख गरेको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले जारी गरेको बिज्ञप्तीमा भनिएकोछ– आफ्नो परिचय र कामको प्रयोजन उल्लेख गर्दाका बावजुत प्रहरी निरिक्षककै निर्देशनमा भएको कुटपिट र प्रहरी निरिक्षकद्वारा भएको हातपातको घोर भरत्सना गर्दछौं । यसबाट सरकारले गरेको लक डाउन, लप डाउनका क्रममा सर्वसाधारणलाई गरिएको सूचनाको मर्म बिपरितको घटना घटेको आभाष हामीलाई भएको छ ।

सत्य, तथ्य बुझेर पनि अन्धाधुन्ध लाठी प्रहार गर्ने प्रहरीको कार्य मानव अधिकारको बिश्वव्यापी मान्यता, विश्व्यापी घोषणापत्र र नेपालको संबिधान विपरित छ । यस घटनाको कडा शव्दमा निन्दा गर्दै दोषिलाई तत्काल आवश्यक कार्वाही गर्न स्थानीय प्रहरी, प्रशासनसँग जोडदार माग गर्दछौं –बिज्ञप्ती भनिएको छ ।

बिज्ञप्तीमा कोरोना भाईरस (Covid-19) को संक्रमणबाट बिश्वनैं आतँकित भईरहेको अवस्थामा यसबाट बच्न सरकारले गरेको लक डाउनको नागरिक समाजका तर्फबाट स्वागत भईरहेको उल्लेख गर्दै लक डाउनलाई कार्यान्वयन गर्न र सरकारले सचेतनाका लागि अघि सारेका कार्यहरुमा नागरिक समाजको सहयोग, साथ रहँदै आएको उल्लेख गरिएको छ ।

  • १६ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech