एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा अनमीको निधन

असल शासन प्रतिनिधि

एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा अनमीको निधन

बाँके/सडक दुर्घटनामा परि बाँकेको बैजनाथ गाउँपालिका स्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी शोभा के.सी. वटाला निधन भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्किदा बटालाको निधन भएको हो ।

कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगञ्ज जाँदै गरेको भे. १ च. ८२४ नम्बरको एम्बुलेन्सले से. ५ प. ४८४ नम्बरको बाईकलाई ठक्कर दिएको थियो ।

दुर्घटना भए लगत्तै उपचारकालागि कोहलपुर शिक्षण अस्पताल पुरयाईएकी उनको निधन भएको घोषणा चिकित्सकहरुले गरेका थिए ।

नरहरिनाथ गाउँपालिका वडा नम्बर १, कालिकोटकी २८ बर्षिया मृतक बटाला हाल कोहलपुरमा बसोबास गर्दै आएकि थिइन् ।

मृतक बटाला मोटरसाइकलको पछाडी रहेको, मोटरसाइकल चालक डन्ड बिक्रम बिष्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाईएको छ ।

  • १८ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech