पूर्ब मन्त्री राईद्वारा व्यक्तिगत सुरक्षा उपकरण प्रदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगाउनका लागि पुर्ब शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जका एम्बुलेन्स चालकहरुलाई ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रदान गरेका छन् ।

पूर्वमन्त्री राईले चैत्र २० गते नेपालगञ्जमा रहेका ४७ जना एम्बुलेन्स चालकलाई पीपीई बितरण गर्दै चालकहरुलाई (पिपिई) संगै माक्स, लांङ बुट, ग्लोबस, सेनिटाइजर, टोपी बितरण गरेका हुन् ।

त्यस्तै गम्भीर प्रकारका बिरामीलाई चेकजाँच गर्न सहज होस भनेर पूर्ब मन्त्री राईले बाँकेका बिभिन्न अस्पतालहरुलाई १० वटा सिसा बक्स प्रदान गरेका छन् ।

नेपालगञ्जस्थित भेरी अस्पताललाई ३, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई २, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जलाई ३ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई २ वटा प्रदान गरिएको मन्त्री राईले बताए ।

उनले स्वास्थ्यकर्मी, चिकित्सक र एम्बुलेन्स चालकहरुलाई आवश्यक पर्ने उपकरणहरु गराएको बताए ।

  • २० चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech