सय जना महिलाहरुलाई किट व्याग बितरण

असल शासन प्रतिनिधि

सय जना महिलाहरुलाई किट व्याग बितरण

नेपालगञ्ज/बाँकेको मनिकापुर र नौवस्ताका १ सय जना महिलाहरुलाई फ्रिडम किट व्याग बितरण गरिएको छ ।

UK मा रहेकी Rosa Matheson को संरक्षकत्वमा रहेको Freedom Kit Bags  को सहयोगमा बासको संयोजन र स्थानीय वडाहरुको समन्वयमा महिलाहरुलाई उक्त व्यागहरु चैत्र ५ र ६ गते बितरण गरिएको हो ।

चैत्र ५ गते नेपालगञ्ज उपमहानगरपालिकाको २० नम्वर वडा कार्यालयको समन्वयमा आयोजित बितरण कार्यक्रममा ७० जना महिलाहरुलाई उक्त व्यागहरु बितरण गरिएको थियो ।

वडाध्यक्ष कृष्ण बहादुर कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले महिलाहरु महिनावारी हुँदाका बखत आवश्यक पर्ने सामाग्री सहयोग गरिएको बताए ।

बासकी सहजकर्ता शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कार्की, बासका निबर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतले महिलाहरुलाई किट व्याग बितरण गरेका थिए ।

यसैगरी बैजनाथ गाउँपालिकाको वडानं ४ बनियाभार बोरिङ बस्ती स्थित नव प्रतिभा महिला मध्यवर्ती बन समुदायको कार्यालय परिसरमा चैत्र ६ गते किट व्याग बितरण गरिएको थियो । स्थानीय ३० जना महिलाहरूलाई किट व्याग बितरण गरिएको कार्यक्रमको संयोजन बासले गरेको थियो भने नब प्रतिभा महिला समुदायिक बन उपभोक्ता समूह र बैजनाथ गाउँपालिका ४ नम्बर वडा कार्यालयकोे समन्वय गरेका थिए ।

कार्यक्रममा बासका अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष मन भण्डारी, निर्देशक हेमराज भट्ट, सहजकर्ता शोभा थापा मगर, असल शासन कार्यकर्ता शुद्ध चौधरी, नब प्रतिभा महिला समुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष भगवती शाहको उपस्थिती रहेको थियो ।

उनले बितरण गरिएको किट व्याग बारे सहजकर्ता शोभा थापा मगरले भनिन्— एउटा किट ब्यागलाई रु. ३ हजार पर्दछ यसरी १ सय जनालाई ३ हजारका दरले ३ लाख बराबरको सहयोग स्थानीय महिलाहरु उपलब्ध गराईएको छ ।

के हो फ्रिडम किट व्याग भनेको ?
महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने प्याड, प्याड होल्डर, ईन्सर्ट, क्लिप, रोप, फेन्सी पर्स, पेन्टि, साबुन लगाएत सामाग्री रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भईरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको छ ।

  • २१ चैत्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech