कोरोना भाईरस बिरुद्ध सचेतना अभियान

असल शासन प्रतिनिधि

नेपालगन्ज /कोरोना भाईरस (कोभिड १९) बिरुद्ध बास नेपालगन्ज र डेक नेपालले सयुक्त रुपमा सचेतना अभियान सञ्चालन गरेका छन्।
कोरोना भाईरस बिरुद्ध आम नागरिकहरुलाई सचेतना जगाउन अभियान सञ्चालन गरिएको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाँउपालिका र कोहलपुर नगरपालिकामा सञ्चालन गरिने अभियान अन्तरगत कोरोनाका लक्षणहरु, कोरोनाबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउनुका साथै सरकारले जारी गरेको निर्देशन पालना गर्न आह्वान गरिनेछ ।

बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराका अनुसार, चैत्र २१ गते देखि थालिएको यो अभियान अन्तरगत ५ दिन बिभिन्न स्थानहरुमा पुगी माईकिङ्ग गर्नुका साथै जिङ्गल प्रशारण गरिनेछ भने पम्पलेटहरु बितरण गरिनेछ ।

पहिलो दिन नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १८, १९ र २० मा प्रचार प्रसार गरिएको संयोजक बोहराले बताए । अभियानको क्रममा मानिसहरुले अत्वावश्यक सामाग्री किनमेल गर्ने स्थानमा गई आवश्यक दुरी कायम गरि सामाग्री खरिद गर्न तथा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरिरहेको अभियानमा संलग्न बासकी सहजकर्ता शोभा थापा मगरले बताईन् ।

उनले माईकिङ्ग मार्फत अनुरोध गरेपश्चात त्यसलाई आम नागरिकहरुले सकारात्मक रुपमा लिएको बताईन् । अभियान अन्तरगत तीन वटा पालिकाका बिभिन्न क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्ने बासले जनाएको छ ।

बिश्वब्यापी रुपमा तिब्र संक्रमणको रुपमा फैलिरहेको कोरोना बिरुद्ध नेपाल सरकारले समयमानै लकडाउन गरे पश्चात नेपालमा भने सक्रमण फैलन सकेको छैन । बाँकेमा प्रहरी प्रशासन, स्थानीय तह, संघ सस्स्थाहरु तथा स्थानीय नागरिकहरुको समेत सक्रियताले कोरोना बिरुद्ध नागरिकहरु सचेत देखिएको पाईन्छ ।

  • २२ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech