लकडाउन खुलेपछि एसईई परिक्षा हुने

असल शासन प्रतिनिधि

काठमाण्डौं । लकडाउन खुले लगत्तै एसईई परिक्षा हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सरकारले लकडाउनका बिषयमा गर्ने निर्णय पछि मात्रै एसईई परिक्षाको नयाँ तालिका सार्वजनिक गरिने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले माध्यमिक परिक्षा (एसईई) को तयारीमा रहेका बिद्यार्थीहरुलाई विना तनाव परिक्षाको तयारी गर्न समेत आग्रह गरेको छ । विद्यार्थीले घरमै बसेर मन्त्रालयको वेबसाइट, युटुब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई परीक्षा दिने भएका छन् । यस अघि कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो ।

  • २२ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech