सामाजिक दुरी कायम गर्दै किङ्गरियनहरुलाई राहत वितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उप महानगरपालिका वडा नं २२, पुरैनीले चैत्र २२ गते किङ्गरियनपुर्वा बस्तीका अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने ३०० व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

नोभेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण ज्याला मज्जदुरी गरी खाने परिवारमा समस्या उत्पन्न भएपछि राहत बितरणका कार्यहरु भईरहेका छन् । सोही क्रममा वडा कार्यालयले नगरकार्यपालिकाको निर्णय अनुसार चामल १५ केजी, दाल २ केजी, पिठो ५ केजी, तेल १ लिटर, नुन १ प्याकेट, आलु ५ केजी र हात धुने साबुन सहितको राहत प्याकेज वितरण किङ्गरियनहरुलाई बितरण गरेको हो ।

नेपालमा नै अति पिपिन्न बस्तीहरुको रुपमा परिचित किङ्गरियनपुर्वा बस्तीका अति विपिन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने समस्यामा रहेका परिवारलाई २२ नं. वडा अध्यक्ष बिद्याराम बर्मा, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. ५ का कोषाध्यक्ष राज कुमार बर्मा, नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति फन बहादुर गुरुङ्ग, उपसभापति मो. फारुक हल्वाई, सचिव शिव कुमार बर्मा, सदस्य धनराज बर्मा, खगेश्वरी रावत, युवा क्लबका अनुज बर्मा, वडा सदस्यहरु राजीया बेगम किङ्गरिया, सुरसति धोबी, भर्री कुर्मी लगायतकोले राहत वितरण गरेको वडा सचिव भुबिन्द्र प्रसाद कँडेलले जानकारी दिए ।
वडा कार्यालयले राहत वितरण कार्यमा सामाजिक दुरीको पुर्णरुपमा व्यवस्थापन गरेको थियो । राहत बुझन आएका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्नका लागि २/२ मिटरको दुरीमा घेरा बनाइएको थियो भने वितरण स्थलमा हात धुने व्यवस्था समेत गरिएको थियो । वितरण कार्यमा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाले स्वयंसेवा प्रदान गरेको थियो भने वडा प्रहरी कार्यालय नेपालगञ्जले सुरक्षा प्रदान गरेको थियो ।
वडामा भएको राहत वितरणले परिवारमा खाद्यान्नको समस्या समाधान भएको भन्दै राहत प्राप्त गरेका व्यक्तिहरुले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • २२ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech