कोरोना परीक्षणको दायरा फराकिलो बनाउ

असल शासन प्रतिनिधि

– खुमेश सुबेदी –
नेपालमा अधिकांश नेपाली नागरिकहरु हुने खाने भन्दा हुँदा खाने रहेका छन्, जो दैनिक गुजारा चलाउनका लागि ज्यालादारि गर्न बाध्य छन् । केहि दैनिक गुजारा चलाउन नेपालमै मजदुरी गरिरहेका छन् भने केही छिमेकी मुलुक भारत लगाएत अन्य खाडी मुलुक धाउन बाध्य छन् । देशमा ठुल–ठुला आमुल परिवर्तनहरु त भए तर हुँदा खाने बर्गको जीवन स्तरमा कुनै परिवर्तन आउन सकेन । सोही दौरानमा नेपालमा ठूला संकट पनि आई परे, भुकम्पले थिलो, थिलो भएको हाम्रोे देश तन्द्रिन नपाउँदै भारतले अघोषित रुपमा गरेको नाकाबन्दिको सिकार हुन पुग्यो, पुनः नाकाबन्दिको घाउमा खाटो लाग्न नपाउँदै कोरोना संक्रमण (कोभिड–१९) को संक्रमणको त्रासमा छ नेपाल ।

बिश्वका शक्तिशालि भनेर चिनिने मुलुकहरुलाई समेत कोरोनाको संक्रमण न्यूनिकरण गर्न हम्मे हम्मे परेको अवस्था छ । नेपाल कोरोना संक्रमणको सुरुवाति चरणमा छ, अहिले सम्म संक्रमित हुनेको संख्या निकै कम छ । तर छिमेकी मुलुकमा यसको प्रभाव निकैनै बढेको कारणले गर्दा नेपाल झनै उच्च जोखिममा छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिम भएको देशको सुचिमा राखेको छ । खुला सिमाका कारण अधिकांश नेपालीहरु मजदुरीको लागि भारतमा जाने गर्दछन् ।

भारतमा जोखिम बढेपछि केहि बाहेक ती सबै नेपालीहरु नेपाल आईसकेकाछन् । तर नेपाल सरकारसंग कति नेपाली भारतबाट नेपाल प्रवेश गरे त्यसको आधिकारिक विवरण भने छैन । आधिकारीक विवरण नभएकै कारणले गर्दा भारत लगाएत अन्य मुलुकबाट आएको व्यक्तिहरुलाई आफै क्वारेन्टाईनमा बस्नको लागि अनुरोध गरेको छ तर क्वारेन्टाईनको उचित प्रवन्ध नहुँदा कतिपय ठाउँका व्यक्तिहरु क्वारेन्टाईनमा नबसेको समाचार विभिन्न संचार माध्ययमहरुमा आएका छन् । यस्तो अवस्थाको कारण नेपालको अवस्था अझै भयावह हुने डर छ ।

नेपालसंग तयारीको लागि प्रर्याप्त समय हुँदा, हुँदै पनि कोरोना संक्रमणलाई रोक्न नसक्नु निकै चिन्ताको बिषय बन्न सक्छ । अझै पनि नेपाल कोरोना संक्रमणको सुरुवाती चरणमै भएको कारणले गर्दा बाहिरी देशबाट नेपालमा आएका नेपालीहरुको विवरण तयार गरि उनीहरुलाई प्रत्यक्ष निगरानिमा राखि स्वास्थ्यमा समस्या आएकाहरुलाई उचित वातावरण व्यवस्थापन गरि उपचार गर्न सके अवस्था नियन्त्रणमा लिन सकिन्छ । जसको लागि स्थानीय स्तरमा रहेका प्रत्येक वडा, गाउँपालिका र नगरपालिकाहरुबाट विवरण संकलन गरि त्यहाँका जनप्रतिनिधिहरुको निगरानीमा उनीहरुलाई राख्न सकिन्छ ।

नेपालमा कोरोना संक्रमितको संख्या निकै कम छ भनेर खुसि भएर बस्ने हो भने नेपालको अवस्था अन्य युरोपेलि मुलुकहरुको भन्दा कम नहोला भन्न सकिदैन । आज अमेरिका, स्पेन, इटाली, चिन, जर्मन, इरान लगायतका मुलुकहरुमा संक्रमितको संख्या बढि देखिएकोछ । यि देशहरुले समयमा सर्तकता नअपनाउँदाको परिणामा हो भनेर एकथरिले भनिरहेको छन् भने अर्काे थरिले परीक्षण धेरैको भएका कारण यो संख्या देखिएको बताईरहेका छन् ।

नेपालमा भने अहिले सम्मको अवस्थामा कोरोना संक्रमितको संख्या एकदम न्यून छ । न्यूननैं होस्, हामी सबैको चाहना त्यहिनैं छ तर परीक्षणको संख्या कम भएका कारण संक्रमितहरुको संख्या कम देखिएको हुन सक्ने आशँका पनि गरिदैछ । यदि त्यो आशँका सत्य हुने हो भने स्थिती भयावह हुन्छ । अतः सबै भन्दा बढि ध्यान दिनुपर्ने कुरा भनेकै परीक्षणको दायरा फराकिलो बनाउनुनैं हो ।

विश्व स्वास्थ्य संगठनले भनेको छ कि Test, Test & Test. त्यसैले सम्भावित व्यक्तिहरुलाई परीक्षणको दायरामा ल्याउन, लुकेर बसेकाहरुलाई क्वारेन्टाईनमा राख्न एकदमै जरुरी छ । समयमैं यस तर्फ सरकारको ध्यान जान जरुरी छ ।

  • २२ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech