लक डाउनमा माछा मार्दै स्थानीय

असल शासन प्रतिनिधि

नेपालगञ्ज बसपार्क छेउछाउको नालामा माछा मार्दै स्थानीयहरु ।

कोरोना भाईरसको आतँक बिश्वव्यापी रुपमा फैलिरहेको छ । सोही संक्रमणबाट बच्न र बचाउनका लागि नेपालमा लक डाउन गरिएको छ । सामाजिक दुरि कायम गर्ने नियम बनाईएको छ तर सर्बसाधारण सरकारले दिएको निर्देशन पालन गर्दैनन् । यसका पछाडी बिभिन्न कारणहरु भने हुन सक्दछन् तर सरकारको निर्देशन पालना गर्ने आफ्नै लागि हो भन्ने कुरा सबैले बुझ्नु पर्दछ । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले पिरोलिने सर्बसाधारणहरुलाई अहिले सास्ति भईरहेको छ । यहि पृष्ठभुमीमा नेपालगञ्ज बसपार्क छेउछाउको नालामा स्थानीयहरु माछा मार्न कस्सिरहेको दृश्य असल शासनले कैद गरेको छ । यो काम उनीहरुको बाध्यता होला कि रहर ?

शव्द/तस्विर : जनक थापा/ असल शासन

  • २३ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech